ad ad

खेल


भारतविरुद्ध सीतालाई २ विकेट

भारतविरुद्ध सीतालाई २ विकेट

नेपालखबर
साउन ८, २०८१ मंगलबार २०:२४, काठमाडौँ

अलराउण्ड सीता राना मगरले एसीसी महिला एसिया कप टी–२० क्रिकेटमा भारतविरुद्ध दुई विकेट लिएकी छिन्।

श्रीलंकाको डम्बुलास्थित रंगिरी डम्बुला अन्तराष्ट्रिय मैदानमा टस जितेर ब्याटिङ गरिरहेको भारतले १५.३ ओभरमा २ विकेटको क्षतिमा १ सय ३३ रन बनाएर खेलिरहेको छ।

पहिलो विकेटका लागि ओपनर सफाली वर्मा र डेलायन हेमालताले १ सय २२ रनको साझेदारी गरे।

नेपालका लागि अलराउण्डर सीता राना मगरले ओपनर दयालान हेमालतालाई रुविना क्षेत्रीको हातबाट क्याच आउट गराउँदै पेभेलियनको बाटो देखाइन्। उनले ४२ बलमा ५ चौका र १ छक्का सहयोगमा ४७ रन बनाएकी थिईन्।

सीता नै १६ औँ ओभरको तेस्रो बलमा ओपनर सेफालीलाई ८१ रन बनाउँदा विकेट किपरको हातबाट आउट गराईन्। सेफालीले १२ चौका र १ छक्का सहयोगमा ८१ रन बनाउँदा पेभेलियन फर्किईन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .