ad ad

ग्लोबल


राष्ट्रपतिमा कमला ह्यारिसप्रति पूर्वसभामुख न्यान्सी पेलोसीको पनि समर्थन

राष्ट्रपतिमा कमला ह्यारिसप्रति पूर्वसभामुख न्यान्सी पेलोसीको पनि समर्थन

नेपालखबर
साउन ८, २०८१ मंगलबार २०:३०, काठमाडौँ

अमेरिकाका राष्ट्रपति जो बाइडेनले फेरि राष्ट्रपति बन्ने दौडबाट आफूलाई अलग गर्दै उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेयता डेमोक्र्याटिक पार्टीका एकपछि अर्का नेताले यसमा सहमति जनाइरहेका छन्। 

त्यसो त पार्टीले नै राष्ट्रपतिको उम्मेदवारमा आफ्नो नाममा समर्थन जनाइसकेको ह्यारिसले बताएकी छन्। 

आगामी राष्ट्रपतिको निर्वाचनमा बाइडेनले ह्यारिसको नाम प्रस्ताव गरेपछि पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनले यसमा समर्थन जनाइन्।

यसपछि अहिले तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी पूर्वसभामुख न्यान्सी पेलोसीले पनि राष्ट्रपति पदका दाबेदार कमला ह्यारिसलाई समर्थन गरेकी हुन्। 

उनले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘अमेरिकाको भविष्यप्रति गर्व र आशाका साथ म अमेरिकाको राष्ट्रपति पदका लागि उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गर्छु। म विश्वस्त छु कि उनले नोभेम्बरमा हामीलाई विजयी गराउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .