खेल


पुलिस बुढासुब्बाको फाइनलमा, लिग विजेता मछिन्द्र पराजित

पुलिस बुढासुब्बाको फाइनलमा, लिग विजेता मछिन्द्र पराजित

नेपालखबर
फागुन १५, २०७६ बिहिबार १२:१२,

लिग विजेता मछिन्द्र क्लवलाई सडन डेथमा पराजित गर्दै नेपाल पुलिस क्लव, बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। धरान रगंशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा ए डिभिजन लिग विजेता मछिन्द्र क्लवलाई पराजित गर्दै पुलिसले मनाङमस्र्याङदीसँगको भेट पक्का गरेको हो।

सडन डेथमा पुलिसका कपिल ढकालले बललाई जाली चुमाएपछि पुलिसले फाइनल यात्रा तय गरेको होे। मछिन्द्रका कप्तान विराज मर्हजनको प्रहार पुलिसका गोलरक्षक सञ्जित श्रेष्ठले पन्च गर्दै फर्काए।

निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा दुवैतर्फबाट समान ४ गोल भएपछि खेल सडनडेथमा पुगेको थियो।

टाइब्रेकरमा पुलिस भोला सिलवाल, पदम भट्टराई, तिर्थ मगर, जुमानु राईले गोल गरे। मछिन्द्रका रञ्जित धिमाल, विमल घर्तिमगर, विजय धिमाल, देवेन्द्र तामाङले गोल गर्दा पुलिसका सुमन सुवेदीको प्रहार मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले बचाए। यता मछिन्द्रका विशाल राई बी को प्रहार पुलिसका गोलरक्षक सञ्जित श्रेष्ठले उत्कृष्ट बचाउ गरे।

यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा युनाइटेड कर्साङ फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ उपाधि नजिक पुगेको थियो। उपाधि भिडन्त शनिबार हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad