समाज


कोरोनाको त्रासपछि ‘मक्का र मदिना’ भ्रमणमा विदेशीलाई प्रतिबन्ध

कोरोनाको त्रासपछि ‘मक्का र मदिना’ भ्रमणमा विदेशीलाई प्रतिबन्ध

नेपालखबर
फागुन १५, २०७६ बिहिबार १२:१८,

साउदी अरेबियाले इस्लाम धर्मालम्बीहरूको सबैभन्दा पवित्रस्थल मक्का र मदिना लगायतका धार्मिक भ्रमणका लागि विदेशी नागरिकहरूको आगमनमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको बीबीसीले जनाएको छ।

उमराका लागि वर्षभरि लाखौँ मानिस साउदी अरेबिया पुग्ने गर्छन र हजको बेला त्यहाँ पुग्नेहरूको सङ्ख्या ह्वात्तै बढ्छ।

जुलाईको अन्त्यतिर शुरू हुने हजलाई यसले असर गर्ने वा नगर्ने स्पष्ट छैन।

नयाँ कोरोनाभाइरस फैलिएका देशबाट आउने पर्यटकहरूलाई पनि प्रतिबन्ध लगाइएको छ।

 साउदी अरेबियामा हालसम्म कोरोनाभाइरसको सङ्क्रमण देखिएको छैन।

विदेश मन्त्रालयले यो निर्णय अस्थायी भएको बताए पनि यो कहिले अन्त्य हुन्छ भन्ने बताएको छैन।

इस्लाम धर्म अनुसार मक्कामा पैगम्बर मोहम्मदको जन्म भएको थियो भने मदिनामा उनको अन्तिम संस्कार गरिएको थियो।

साउदी अरेबियाले अक्टोबरदेखि चार लाख विदेशीलाई प्रवेशाज्ञा जारी गरेको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad