ad ad

खेल


युरो कप : पहिलो खेलमै बेल्जियमको हार, एकै गोलमा स्लोभाकियाको जित

नाकमा चोट लागेपछि एमबाप्पेलाई लगियो अस्पताल
युरो कप : पहिलो खेलमै बेल्जियमको हार, एकै गोलमा स्लोभाकियाको जित

नेपालखबर
असार ४, २०८१ मंगलबार ९:३७, काठमाडौँ

युरो कप २०२४ को आफ्नो पहिलो खेलमा बेल्जियम स्लोभाकियासँग हारेको छ।

समूह ईअन्तर्गत गएराति भएको खेलमा बेल्जियमलाई स्लोभाकियाले १–० गोलअन्तरले जितेको हो। 

स्लोभाकियाको जितका लागि इभान स्क्ररान्जले गरेको गोल नै निर्णायक बन्यो।

खेलको सातौँ मिनेटमा रोबर्ट बोजेनिकको प्रहार बेल्जियमका गोलरक्षक कोएन कासटिल्सले बचाएपछि इभान स्क्ररान्जले सहजै बललाई पोस्टको जाली चुमाए। 

सोही समूहको अर्को खेलमा रोमानियाले युक्रेनलाई ३–० गोल अन्तरले जितेको छ। 

गएराति नै भएको समूह डीको अर्को खेलमा फ्रान्सले जित सुरुवात गरेको छ।

फ्रान्सेली स्टार फरवार्ड केलियन एमबाप्पे घाइते भएको खेलमा फ्रान्सले अस्ट्रियालाई १–० गोल अन्तरले हराएको हो। 

खेलको ३८औँ मिनेटमा म्याक्सिमिलेन वेबरको उपहार गोल फ्रान्सका लागि जितका लागि पर्याप्त बन्यो।

खेलको ९०औँ मिनेटमा नाकमा चोट लागेपछि एमबाप्पेलाई अस्पताल लगिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .