ad ad

खेल


आयोजक वेस्ट इन्डिज समूह विजेता बन्दै ‘सुपर एट’मा प्रवेश

अफगानिस्तानविरुद्ध १०४ रनको फराकिलो जित
आयोजक वेस्ट इन्डिज समूह विजेता बन्दै ‘सुपर एट’मा प्रवेश

नेपालखबर
असार ४, २०८१ मंगलबार ९:४६, काठमाडौँ

आयोजक वेस्ट इन्डिज समूह विजेता बन्दै आईसीसी टी-२० विश्वकपको ‘सुपर एट’ मा प्रवेश गरेको छ।
 

मंगलबार बिहान भएको खेलमा आयोजक वेस्ट इन्डिजले अफगानिस्तानमाथि १ सय ४ रनको फराकिलो जित निकालेको हो। 

वेस्ट इन्डिजले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १६.२ ओभरमा १ सय १४ रन बनाउँदा अलआउट भयो। 

इब्राहिम जड्रानले बनाएको ३८ रन नै अफगानिस्तानका लागि सर्वाधिक रह्यो। अजमतुल्लाह ओमरजाइले २३, कप्तान रासिद खानले १८ र करिम जनतले १४ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

त्यसअघि अफगानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको वेस्ट इन्जिलले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १८ रनको योगफल तयार पारेको थियो। 

वेस्ट इन्डिजका निकोलस पुरन शतक नजिक पुगेर चुके। ५३ बलमा ६ चौका र ८ छक्का हानेका पुरन ९८ रन बनाउँदा रन आउट भए। 

जोनसन चाल्र्सले ४३ रन थपे। कप्तान रोभमन पोवेलले २६ र साइ होपले २५ रन थपे। 

वेस्ट इन्डिजसँग पराजित भएसँगै अफगानिस्तानको अपराजित यात्रामा टुङ्गो लागेको छ। यसअघि नै सुपर ८ मा पुगिसकेको अफगानिस्तान समूह उपविजेता बनेको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .