ad ad

खेल


सीएचआईटीएफ एसिया आमन्त्रित तेक्वान्दो प्रतियोगिताको तयारी पूरा

सीएचआईटीएफ एसिया आमन्त्रित तेक्वान्दो प्रतियोगिताको तयारी पूरा

नेपालखबर
जेठ १०, २०८१ बिहिबार १६:२, काठमाडौँ

शुक्रबारदेखि सुरु हुने प्रथम सीएचआईटीएफ एसिया आमन्त्रित तेक्वान्दो प्रतियोगिताको तयारी पूरा भएको छ।

नेपाल चान हुन अन्तराष्ट्रिय तेक्वान्दो महासंघले बिहिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगताको तयारी पूरा भएको जानकारी दिएको हो। 

प्रतियोगितामा नेपालसहित मलेसियाm बंगलादेश, भारत, चीन, पाकिस्तन, भियतनाम, फिलिपिनस, श्रीलंका र सिंगापुरका करिब २ हजार ५ सय खेलाडीले सहभागिता जनाउनेछन्। 

प्रतियोगितामा एकल स्पाइरिङतर्फ जुनियर क्याटेगोरीमा पुरुषतर्फ ११ र महिलातर्फ ९ तौल समूहमा स्पर्धा हुनेछ। 

सिनियर तौलसमुहमा महिला  र पुरुषतर्फ समान ८ तौल समुहमा स्पर्धामा हुनेट। 

एकल कातामा महिला र पुरुष र समूह कातामा स्पर्धा हुनेछ। प्रतियोगितामा कुल ८५ स्वर्ण, ८५ रजत र १ सय १६ कास्य पदकका लागि स्पर्धा हुनेछ। 

भोलि शुक्रबार प्रतियोगिताको उद्घाटन सत्र हुनेछ। खेल भने शनिबार र आइतबार हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .