ad ad

खेल


डेम्बेले र स्वारेज घाइते भएपछि बार्साले भित्र्यायो नयाँ फरवार्ड

डेम्बेले र स्वारेज घाइते भएपछि बार्साले भित्र्यायो नयाँ फरवार्ड

नेपालखबर
फागुन ८, २०७६ बिहिबार ११:२१,

डेम्बेले सिजनभर खेल्न नसक्ने गरी घाइते भएपछि ला लिगाको नियमअनुसार बार्साले ला लिगा खेलिरहेको क्लब लेगनासका भरपर्दा फरवार्ड मार्टिन ब्रेथवेटलाई अनुबन्ध गरेको हो।

बार्साले लेगनासलाई रिलिज क्लज १८ मिलियन युरो तिरेर अनुबन्ध गरेको हो। सन् २०२४ सम्मका लागि मार्टिनलाई अनुबन्ध गर्दा बार्साले मार्टिनको रिलिज क्लज ३ सय मिलियन युरो तोकेको छ।

डेम्बेलेसँगै लुइस स्वारेज पनि घाइते हुँदा बार्सालाई विभिन्न प्रतियोगितामा ठूलो धक्का लागेको थियो। स्वारेजले पनि यस सिजनमा बाँकी खेल खेल्न नसक्ने अनुमान गरिएको छ।

यसबीचमा मार्टिन बार्सामा अनुबन्ध हुँदा बार्सालाई राहत मिल्ने अनुमान गरिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .