ad ad

खेल


गौतमबुद्ध क्रिकेट रंगशालालाई सन्दीपले दिए ७० हजार

गौतमबुद्ध क्रिकेट रंगशालालाई सन्दीपले दिए ७० हजार

नेपालखबर
फागुन ८, २०७६ बिहिबार ११:२६,

लेग स्पिनर सन्दीप लामिछानेले चितवनमा धुर्मुस सुन्तली फाउन्डेशनद्धारा निमार्णाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमका लागि सहयोग रकम हस्तान्तरण गरेका छन्।

सन्दीप र उनका एजेन्ट तल्हा इसामले १ लाख ४१ हजार ५ सय ६८ रुपैयाँ प्रदान गरेका हुन्। शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी सन्दिपले आफूले घोषणा गरेको रकम धुर्मुस-सुन्तलीलाई हस्तान्तरण गरे।

सन्दीपले अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक शृंखलाका क्रममा आफूले लिने विकेट बराबर ८ हजार ८ सय ४८ रूपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए।

सन्दीपले अमेरिकासँगको पहिलो खेलमा २ र दोस्रो खेलमा ६ विकेटसहित लिएको ८ विकेट बराबरको रकम प्रदान गरेका हुन्।

सन्दिपले आफ्नोतर्फबाट ७० हजार ७ सय ४ रुपैँया दिएका छन् भने उनका एजेन्ट तल्हा इसामले पनि त्यती नै रकम थप्दै सहयोग गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .