ad ad

खेल


त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

तस्बिर : सरोज नेपाल


नेपालखबर
फागुन २०, २०८० आइतबार १५:४, काठमाडौँ

घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिड्ने भएका छन्। 

नामिबिया र नेदरल्यान्ड्सबीच आइतबार कीर्तिपुर मैदानमा भएको अन्तिम  खेल वर्षाका कारण रद्द भएपछि उपाधिका लागि भिड्ने टोलीको टुंगो लागेको हो। 

पानी परेर पिच भिजेसँगै खेल रद्द हुँदा आइतबार नामिबिया र नेदरल्यान्ड्सले अंक बाँडेका छन्। अंक बाँड्दा नेदरल्यान्ड्सले ५ अंकसहित शीर्ष स्थानमा रहन सफल भयो।

उता शनिबार नेदरल्यान्ड्सलाई पराजित गरेको नेपाल दोस्रो स्थानमा रह्यो। नेपालको ४ खेलबाट ४ अंक भएको छ।

आइतबारको खेल रद्द भएसँगै तेस्रोमा सीमित नामिबियाले ४ खेलबाट ३ अंक जोडेको छ। 

अब उपाधिका लागि नेपाल र नेदरल्यान्ड्सबीच फाइनल खेल मंगलबार हुने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .