साताको पहिलो कारोबार दिन सेयरबजारमा ११.७८ अंकको गिरावट देखिएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से उक्त अंकले घटेर १९६०.३० विन्दुमा रोकिएको हो।
०.५९ प्रतिशतले घटेो सेयरबजारमा २ अर्ब ८ करोडको मात्र किनबेच भएको छ।
कारोबार अवधिमा ५५ लाख कित्ता सेयर मात्र बिक्री भएको नेप्सेले जनाएको छ।
आजको कारोबारमा लगानीकर्ताले ९.७० प्रतिशतसम्म मात्र प्रतिसेयर आम्दानी गरेका छन् भने ७.४९ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी व्यहोरेका छन्।
आइतबार सोनापुर मिनरल्सको सर्वाधिक १३ करोड २० लाखको कारोबार भएको छ। दोस्रो सर्वाधिक कारोबार गरेको शिवम् सिमेन्टको ९ करोडको, हिमालयन रिको ८ करोडको कारोबार भएको छ।
दिनभरिमा ४५ हजार ४ सय ४२ पटक खरिदबिक्री भएको थियो।
48
Shares
प्रतिक्रिया