ad ad

खेल


नामिबियाविरुद्ध आशिफको अर्धशतक

नामिबियाविरुद्ध आशिफको अर्धशतक

फाइल तस्बिर


नेपालखबर
फागुन ९, २०८० बुधबार १०:३७, काठमाडौँ

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्ध जारी खेलमा आशिफ शेखले अर्धशतक पूरा गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आशिफले १७औँ ओभरको पाचौँ बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्। उनले ५२ बलमा ८ चौका र १ छक्का हाने। 

ओडीआईमा आशिफको यो १२औँ अर्धशतक हो। आशिफ नेपालबाट धेरै ५० रन हान्ने एक्ला खेलाडी हुन्।  

१७ सओभरको समाप्तिमा नेपालले ३ विकेटको क्षतिमा ९१ रन बनाएर खेलिरहेको छ। 

आठौँ ओभरको अन्तिम बलमा देव खनाल शून्य रनमा आउट भए। देव ज्याक ब्रसेल्सको बलमा क्याच आउट हुन पुगे। 

त्यसअघि नेपालले सातौँ ओभरमा दुई विकेट गुमाएको थियो। ओपनर कुशल मल्ल सातौँ ओभरको दोस्रो बलमा कुशल १८ रन बनाउँदा बेनार्ड स्कचको बलमा एलबीडब्लु धरापमा परे। 

सोही ओभरको चौथो बलमा अनिल शाह पनि क्याच आउट हुन पुगे। स्कचकै बलमा अनिल शून्य रनमै आउट भए। 

क्रिजमा आशिफ शेख ५० र कुशल मल्ल १८ रनमा नटआउट छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .