खेल


नेपाल एद्वारा क्यानडा-११ विरुद्ध २१७ रनको लक्ष्य प्रस्तुत

नेपाल एद्वारा क्यानडा-११ विरुद्ध २१७ रनको लक्ष्य प्रस्तुत

तस्बिर : सरोज नेपाल


नेपालखबर
फागुन ६, २०८० आइतबार १२:५०, काठमाडौँ

बसिर अहमदको अर्धशतकमा क्यानडा-११ विरुद्ध नेपाल ए टोलीले जितका लागि २ सय १७  रनको लक्ष्य प्रस्तुत गरेको छ।

मूलपानी क्रिकेट मैदानमा क्यानडाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय १६ रनको योगफल तयार पारेको हो। 

नेपालका लागि  बसिर अहमदले अर्धशतक पूरा गरे। उनले ५५ बलमा १ छक्का ३ चौका प्रहार गर्दै अर्धशतक पूरा गरे। 

रसिद खानले  ४० रनको योगदान दिए। ६४ बलमा ५ चौका हाने। 

ओपनर अर्जुन कुमाल र मयन यादवले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गर्दै नेपाललाई उत्ृकष्ट सुरुवात दिलाएका थिए। 

ओपनर मयन यादव ३६ रन बनाउँदै पेभेलियन फर्के। मयनले ५६ बलमा ४ चौका र १ छक्कासहित ३५ रन बनाउँदा हर्ष ठाकरले आउट गराए। 

अर्जुन आठौं ओभरको पाँचौ बलमा क्यानडाका कप्तान साद बिन जफरबाट क्याच आउट भए। अर्जुनले १४ बलमा ४ रन बनाए।
 

विवेक यादवले २३ रन बनाउँदै आउट भए। 

किरण ठगुन्नाले २५ रन थपे। सन्दीप जोरा १४ रन बनाउँदा पेभेलियन फर्के। कप्तान विनादे भण्डारी ५ रन बनाउँदा एलबीडब्लु धरापमा परे। 

प्रतिश जिसी ४ रन बनाउँदा आउट भए। 

क्यानडा ११ का लागि साद विन जफरले ३ विकेट लिए। शादविन जफरले २ विकेट आफ्नो नाममा गरे। 

 डिलोन हेलिगर, हर्स ठाकर र हाहिद अहमजदाईले समान १ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .