ad ad

खेल


कप्तान रोहितलाई महत्त्वपूर्ण विकेट

कप्तान रोहितलाई महत्त्वपूर्ण विकेट

नेपालखबर
माघ २५, २०८० बिहिबार १५:७, काठमाडौँ

कप्तान रोहित पौडेलले क्यानडाविरुद्धको पहिलो ओडीआई खेलमा तेस्रो विकेट लिँदै नेपाललाई महत्त्वपूर्ण सफलता दिलाएका छन्। 

रोहितले ५८ बलमा ९ चौका हान्दै ५० रन बनाएका पारगत सिंहलाई ललित राजवंशीको हातबाट क्याच आउट गराउँदै नेपाललाई महत्त्वपूर्ण सफलता दिलाएका हुन्। तेस्रो विकेटका रुपमा पारगत र निकोलस किर्तोनले ७९ रनको साझेदारी गर्दै क्यानडाको इनिङस् बढाएका थिए। निकोलस २८ रनमा अविजित छन्। 

त्यसअघि तिव्र गतिका बलर सोमपाल कामीले नेपाललाई दोस्रो सफलता दिलाएका छन्। सोमपालले छैटौँ ओभरको अन्तिम बलमा ओपनर आरोन जोनसोनलाई एलबीडब्लु धरापमा पारे। १५ बलमा ३ चौका र १ छक्का हानेका आरोन २० रनमा पेभेलियन फर्के। 

योसँगै क्यानडाले आफ्नो दुवै अ‍ोपनरलाई गुमाएको छ। त्यसअघि क्यानडाले पहिलो विकेटको रुपमा नभनित डालिवाललाई गुमाएको थियो। क्यानडाविरुद्ध अ‍ोडिआईमा डेब्यु गरेका रिजन ढकालले तेस्रो ओभरको पाचौँ बलमा ओपनर नभनित डालिवाललाई ६ रन बनाउँदा आरिफ शेखको हातबाट क्याच आउट गराउँदै करियरको पहिलो अन्तराष्ट्रिय ओडिआई विकेट लिएका थिए।  

नेपालले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको क्यानडाले २१ ओभरको खेल जारी रहँदा ३ विकेटको क्षतिमा १ सय १४ रन बनाएर खेलिरहेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभरमा २ सय २४ रनमा अलआउट भयो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .