ad ad

कारोबार


राष्ट्रिय सभाका समितिहरूले भने : संसद भवन तोकिएकै समयमा पूरा गर्न सरकारले चासो देखाओस्

राष्ट्रिय सभाका समितिहरूले भने : संसद भवन तोकिएकै समयमा पूरा गर्न सरकारले चासो देखाओस्

नेपालखबर
माघ २५, २०८० बिहिबार १५:१४, काठमाडौँ

दिगो विकास तथा सुशासन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सदस्यहरूले सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको स्थलगत अनुगमन गरेका छन् ।

राष्ट्रिय सभाका दुई समितिका सदस्यहरुले बिहीवार निर्माणधीन संसद भवनको भौतिक प्रगतिको बारेमा जानकारी लिनुका साथै स्थलगत अनुगमन तथा निरीक्षण गरेको हो।

निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले तोकिएकै समयमा निर्माणधीन संसद भवनको काम सम्पन्न नहुने अवस्था रहेको बताए।

उनले चैत्र १२ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने समय दिएको भएपनि समयभित्रै सम्पन्न हुन नसक्ने अवस्था अवलोकनपछि देखिएको बताए।

उनले काम ढिलो भइरहेको र ढिलो हुनुमा सामान खरिद प्रक्रियादेखि आवश्यक पर्ने मजदुर काममा नखटाएको लगायतका समस्या देखिएको बताए।

उनले २०८१ का अधिवेशनहरु नयाँ संसद भवनबाट सञ्चालन गर्नेगरी काम अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराए।

अनुगमनका क्रममा शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक मचाकाजी महर्जनले निर्माणधीन संसद भवनको स्ट्रक्चरको काम सकिसकेको बताए। उनले असार मसान्तसम्म इन्टेरियरको काम सकिसक्ने बताए।

उनले आगामी वर्षे संसद अधिवेशनलाई लक्षित गरी काम भइरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .