खेल


टस हारेको नेपाल ब्याटिङमा, कुशलको डेब्यु

टस हारेको नेपाल ब्याटिङमा, कुशलको डेब्यु

नेपालखबर
माघ २५, २०७६ शनिबार ३:४४,

विश्वकप लिग २ को त्रिकोणात्मक सिरिजमा शनिबार नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ।

कीर्तिपुर क्रिकेट मैदानमा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछी नेपालले ब्याटिङ गर्दैछ।

आजको खेलमा नेपालले २ खेलाडी परिवर्तन गरेको छ। शरद भेषावकर र रोहित कुमार पौडेलको स्थानमा आज कुशल मल्ल र सुवास खकुरेल मैदान उत्रनेछन्। कुशलले रोहितको स्थान लिएका हुन् भने सुवासले शरदको स्थान लिएका हुन्। सन् २०१० मा पछि नेपाल र अमेरिका पहिलो पटक आमने सामने हुन लागेका हुन्।

ओडिआईमा कुशलको डेब्यु
बायाँ हाते युवा अलराउन्डर कुशल मल्ले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत शनिबार अमेरिकासँग डेब्यू गर्ने भएका छन्।

त्रिवि क्रिकेट मैदानमा नेपालका प्रशिक्षक जगत टमटाले कुशललाई डेब्यू क्याप दिएका हुन्। कुशल नेपालबाट ओडीआई खेल्ने २२ औं खेलाडी हुन्।

ब्याटिङमा ओपनिङ देखी फिनिसिङ जुनसुकै भुमिका पनि निर्वाह गर्न सक्ने कुशल ठूला र आक्रामक ब्याटिङका लागि परिचित छन्। कुशलले स्पिन बलिङ पनि उत्कृष्ट गर्ने गर्दछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad