खेल


त्रिकोणात्मक सिरिज : सुखद सुरुवातको आशामा नेपाल

त्रिकोणात्मक सिरिज : सुखद सुरुवातको आशामा नेपाल

लक्ष्मी जि.सी
माघ २२, २०७६ बुधबार २:३५,

नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिज आज (बुधबार) देखि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ।

ओडीआई मान्यता पाएको झण्डै दुई वर्षपछि नेपालले घरेलु मैदानमा पहिलो सिरिज खेल्न लागेको छ।
आईसीसी विश्वकप लिग–२ मा नेपालको लक्ष्य शीर्ष दुईमा अन्त्य गर्ने हो। नेपालले ओमान र अमेरिकासँग ओडीआईमा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो।

सन् २०२३ को विश्वकप छनोटको रुपमा समेत लिईएको आइसीसी विश्वकप लिग २ को उद्घाटन खेलमा आज ओमानसँग खेल्दै सिरिजको सुरुवात गर्नेछ।

लिग २ को पहिलो खेल खेल्न लागेको नेपाल घरेलु मैदानको फाइदा उठाउँदै सिरिजमा सुखद सुरुवात गर्ने योजनामा नेपाल छ। दर्शकको साथ र अभ्यस्त पिचका कारण पनि आजकोे खेलमा नेपाल हाबी हुनसक्नेछ।

नेपाली टोलीका लागि ब्याटिङ मुख्य समस्याका रुपमा रहँदा बलिङ मुख्य हतियार हो। तर यो सिरिजमा अनुभवी बलर छैनन्। सोमपाल कामी चोट र वसन्त रेग्मी पारिवारिक कारण टोलीमा नहुँदा केही अभाव देखिए पनि यसको पुर्ति युवा खेलाडीले गर्नेछन्।

नेपाली टोलीसँग करण केसी, अभिनास बोहोरा र कमल सिंह ऐरि जस्ता तिब्र गतिका बलर छन्। कमल पहिलो पटक सिनियर टोलीमा डेब्युको आशामा छन्।

स्पिनमा लेग स्पिनर सन्दिप लामिछाने, ललित नाराएण राजवंशी र सुशन भारी छन्। नेपाली टोलीका लागि सन्दिप मुख्य हतियार हुन्। विभिन्न अन्तराष्टिय प्रतियोगितामा बटुलेको अनुभवको सन्दिपले यहाँ प्रयोग गर्नेछन्।

सिरिजका लागि घोषित टोलीमा पूर्वकप्तान पारस खड्का, कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर र विनोद भण्डारी अनुभवी खेलाडीका रुपमा रहेका छन्। सिरिजमा पुर्वकप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लले ओपनिङ गर्दैछन्।

यता ओमान भने नेपाललाई घरेलु मैदानमा पराजित गर्दै अंकतालिकामा माथि उठ्न चाहान्छ। लिगमा अंक जोडेको ओमान अंक तालिकाको चौथो स्थानमा छ।

नेपालले एकदिवसीय मान्यता पाएपछि हाल सम्म ६ वटा ओडिआई विदेशी भुमिमा खेलेको थियो।

त्यसअघि नेपालले २०१८ को अगष्टमा एसिया कप क्वालिफायरमा युएईसँग खेलेको थियो। जुन खेल युएईले ७८ रनले जितेको थियो।

यस्तै नेपालले गत माघमा संयुक्त अरब इमिरेन्ट्स यूएइसँग उसकै भुमिमा ३ ओडीआई सिरिज खेलेको थियो। जुन सिरिज नेपालले २–१ ले आफ्नो पक्षमा पारेको थियो।

त्यसअघि नेपालले अगष्टमा नेदरल्यान्डसँग दुई खेल खेल्दै वान डे मा डेब्यू गरेको थियो। जुन सिरिज १–१ को बराबरीमा सकिएको थियो। नेपालले दुई ओडीआई सिरिज खेलेको छ। दुवै सिरिज गुमाएको भने छैन। त्यसको एकवर्ष पछि नेपालले घरेलु मैदान मै ओडीआई खेल्न लागेको हो।

नेपाल ओमान हेट टु हेड
अहिलेसम्म नेपाल र ओमानबीच ७ वटा एक दिवसीयमा भेट भएको छ। जसमा ओमानले ४ खेलमा जित हात पार्दा नेपालले ३ खेल आफ्नो पक्षमा पारेको छ।

सन् २००२ मा भएको एसीसी ट्रफिमा नेपालले पहिलो पटक ओमानसँग प्रतिस्पर्धा गरेको थियो। जुन खेलमा नेपालले ओमानलाई १ सय ५ रनले पाखा लगाएको थियो।

त्यसपछि २०१० मा भएको एसीसी ट्रफिमै ६ विकेटले ओमानलाई पराजित गरेको नेपालले सन् २०१३ मा भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन थ्री मा २८ रनले पराजित गरेको थियो।

त्यसपछि भने नेपालले ओमानसँग ५ खेलमा प्रतिस्पर्धा गरेको छ तर सबै नतिजा ओमानलाई सुम्पिएको छ। ओमानले सन् २०१४ एसिसी प्रिमियर लिगमा नेपाललाई पराजित गर्दै जितको सुरुवात गरेको थियो। जुन खेलमा नेपाल ओमानसँग २ विकेटले पराजित भयो।

सन् २०१५ मा भएको दोस्रो भेटमा ओमानसँग नेपाल ३ विकेटले पराजित भयो। २०१८ मा आयोजना भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु मा ओमानसँग ६ विकेटले स्तब्ध बनेको नेपाल एसिया कप छनोटमा पनि ७ विकेटले पराजित भएको थियो।

नेपाली टोलीः ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, शरद भेषावकर, विनोद भण्डारी, करण केसी, ललित नारायण राजवंशी, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अभिनास बोहरा, कुशल मल्ल, कमलसिंह ऐरी, रोहित कुमार पौडेल, सुशन भारी र सन्दीप लामिछाने।

याे पनि:
पहिलो ओभरमा करण केसीले दिलाए पहिलो सफलता
अभिनाश र सुशनको ओडिआईमा डेब्यू, यस्तो छ नेपालको सुरुआती-११
त्रिकोणात्मक सिरिज : सुखद् सुरुवातको आशामा नेपाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad