खेल


विश्वकपबाट बाहिरिएको दक्षिण अफ्रिकाका मिडफिल्डर जेडन एडम्स मृत भेटिए

विश्वकपबाट बाहिरिएको दक्षिण अफ्रिकाका मिडफिल्डर जेडन एडम्स मृत भेटिए

नेपालखबर
असार २८, २०८३ आइतबार १३:२८, काठमाडौँ

दक्षिण अफ्रिका र मामेलोडी सनडाउन्सका मिडफिल्डर २५ वर्षीय जेडन एडम्सको निधन भएको छ। 

बीबीसीका अनुसार विश्वकप खेलेको केही हप्तापछि शनिबार बिहान मध्य केप टाउनको स्कुट्सक्लुफ क्षेत्रको एक घरमा उनको शव फेला परेको हो। 

दक्षिण अफ्रिकी प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। 

जेडन एडम्सले विश्वकपमा दक्षिण अफ्रिकाको समूह चरणका तीनवटै खेल खेलेका थिए।

उनको टोली नकआउट चरणमा पुगेको थियो तर राउन्ड अफ ३२ मा क्यानडासँग हारेपछि प्रतियोगिताबाट बाहिरिएको थियो।

दक्षिण अफ्रिकाका खेलकुद, कला र संस्कृति मन्त्री गेटन म्याकेन्जीले विज्ञप्ति जारी गरी भनेका छन्, ‘जडेन एडम्सको निधनबारे थाहा पाउँदा म स्तब्ध भएको छु।’

उनले अगाडि लेखेका छन्, ‘जाडेनको मृत्युको कारण अझै थाहा भएको छैन। म मिडिया र जनतालाई संयम रहन र कुनै पनि अनुमानबाट बच्न अपिल गर्छु।’

दक्षिण अफ्रिकी फुटबल खेलाडी संघले पनि एडम्सको निधनमा दुःख व्यक्त गरेको छ।

एडम्सले २०२२ मा दक्षिण अफ्रिकाका लागि डेब्यु गरेका थिए।

संघले भनेको छ, ‘जाडेनले हालै २०२६ को विश्वकपमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरेका थिए। उनको निधन उनको परिवार, टोलीका साथी, क्लब, फुटबल जगत् र सम्पूर्ण देशका लागि ठुलो क्षति हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad