छापा खबर


काठमाडौँमै डिएसपीले गरे युवती बलात्कार, न प्रहरीले उजुरी लिन्छ, न गृहले कुरा सुन्छ

काठमाडौँमै डिएसपीले गरे युवती बलात्कार, न प्रहरीले उजुरी लिन्छ, न गृहले कुरा सुन्छ

नेपालखबर
माघ २२, २०७६ बुधबार २:२७,

पूर्व मेचीकी महिला एसएसपी सौरभ राणाबाट पीडित भइन्।

पीडितले गृहमन्त्रालय धाएर न्याय खोजिन्। फलतः सौरभ अहिले अनुसन्धानका लागि थुनामा छन्।

तर, गृहमन्त्रालयबाट १५/२० किलोमिटरको दुरीमा डिएसपीबाट युबती बलात्कृत भइन्। न प्रहरीले उजुरी लिन्छ, न गृहले कुरा सुन्छ।

सविना खड्का (नाम परिवर्तन) लाई प्रहरी वृत्त चापागाउँका डिएसपी राजकुमार खिउँजुले सरकारी यनकक्षमै लगेर २०७५ मंसिर ३० गते जबर्जस्ती करणी गरेका हुन्।

एक वर्ष नाघिसक्यो, तर पीडितले न्याय पाइनन्। बरु राजकुमार, उनकी पत्नी, साथी र पत्रकारसमेत मिलेर पीडितलाई धम्की र प्रलोभन दिने क्रम चलिरहेको छ।

आजको जनआस्था साप्ताहिकका अनुसार एउटा काम लिएर पहिलो पटक प्रहरी कार्यालय पुगेकी युवतीलाई प्रहरी कर्यालयको अवस्था र व्यवस्था बारे केही थाहा थिएन।

कोठामा भान्सेले चिया पकाइसकेपछि उनलाई डिएसपीले बाहिर जान भने।

सविनाको चियाको गिलास रित्तिएकै थिएन, डिएसपीको हात अनुहारतिर सोझियो। माया गरेजस्तो उनले भने, ‘तिमी एकदमै राम्री छ्यौँ...!’

सविना अक्क न बक्क भइन्। त्यसपछि डिएसपीले छातितिर हात लगे। सविना अलिकति पर सरेर ‘नगर्नु न सर’ भन्दै थिइन्, उनले ‘केही हुन्न, केही हुन्न’ भन्दै कपडा नै खोल्न थाले।

सविनाले सक्दो प्रतिकार गरन्। तर, हाकिमको कोठामा हल्ला नै गरे पनि उनले नबोलाएसम्म अरु पुग्ने अवस्था भएन।

सबै झ्याल, ढोका बन्द भएको अवस्थामा खिउँजुले सविनालाई जबर्जस्ती करणी गरे।

त्यसको भिडियो रेकर्ड पनि गरे। सविनाले प्रतिकार गर्दा ‘कतै गएर केही बोल्यौ भने बर्बाद पारिदिन्छु,’ भन्दै धम्की दिन थाले।

सविना एक वर्षदेखि न्यायको लागि धाइरहेकी छन्। यसबीचमा उनले बागमती प्रदेशका डिआइजी शेरबहादुर बस्नेत, रानी पोखरीका डिआइजी मनोज न्यौपाने, डिएसपी होविन्द्र बोगटीलगायतलाई न्यायको लागि गुहारिन्। तर, प्रहरीले उजुरी लिन मानेको छैन।

पीडित युवतीले सोमबार भनिन्, ‘मलाई न्याय नै चाहिन्छ, उसलाई जेलमै हाल्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad