ad ad

खेल


लिभरपुलले गुमाएको ४० लाख डलरमै रोनाल्डो भित्र्याउने त्यो मौका

लिभरपुलले गुमाएको ४० लाख डलरमै रोनाल्डो भित्र्याउने  त्यो मौका

नेपालखबर
माघ १७, २०७६ शुक्रबार ६:४८,

यदि लिभरपुलले एउटा खराब निर्णय नगरेको हुन्थ्यो भने सन् २००३ मा क्रिस्टियानो रोनाल्डो लिभरपुलका खेलाडी भइसकेका हुने थिए।

तर, लिभरपुलले आफूसँग भएका युवा खेलाडीलाई हटाएर रोनाल्डोसँग अनुबन्ध गर्न आनाकानी गरेको थियो।

सबैलाई थाहा छ – म्यानचेस्टर युनाइटेडमा जानुअघि रोनाल्डोसँग आर्सनलमा जाने मौका थियो। तर, अहिले नयाँ कुरा खुलासा भएको छ। त्यतिबेला रोनाल्डो लिभरपुलका खेलाडी हुनसक्ने सम्भावना पनि उत्तिकै थियो।

लिभरपुलका त्यसबेलाका सहायक प्रशिक्षक फिल थम्सनले सो कुरा खुलाएका हुन्। जो आफैँ रोनाल्डोलाई अनुबन्ध गर्ने उद्देश्यसहित पोर्चुगलको लिस्बन गएका थिए।

उनी भन्छन्, ‘रोनाल्डोले जताततै सनसनी मच्चाएका थिए। उनका लागि सबैले प्रयास गरिरहेका थिए। त्यसबेला म्यान सिटीका पूर्व मिडफिल्डर टोनी हेनरी उनका एजेन्ट थिए। मलाई उनको फिस चार वर्षमा ४० लाख डलर भनिएको थियो। अर्थात एक वर्षमा एक मिलियनमात्रै तिर्नुपर्थ्यो। यो १८ वर्षे ठिटाका लागि अलि बढि थियो। तर त्यसमा मोलमोलाई हुनसक्ने जनाइएको थियो।’

आफूले क्लबसँग छलफल गरी टुंग्गो लाउने भनेर थम्पसन लिभरपुल फर्किए। तर, उनले क्लबमा छलफल गरिरहेकै बेला एउटा समाचारले उनी छक्क परे। समाचार थियो, ‘रोनाल्डोलाई म्यानचेस्टर यूनाइटेडले १२ मिलियन डलरमा अनुबन्ध गर्‍यो।’

त्यो समाचार पछि लिभरपुलको प्रतिक्रियाबारे कुरा गर्दै थम्पसनले भने, ‘मैले लगत्तै रोनाल्डोका एजेन्ट टोनीलाई फोन गरे। उनले क्लब र रोनाल्डोको कुरा मिलेपछि सम्झौता भएको बताए। यो लिभरपुलले गुमाएको मौका थियो। हामीले छलफलमा समय नगुमाएको भए रोनाल्डो त्यसबेला हामीसँग हुन्थे कि!’

रोनाल्डोलाई भित्र्याउन ढिलो हुनुका कारण क्लबमा भएका दुई ट्यालेन्टहरु भएको समेत थम्पसनले बताएका छन्। ‘हामीसँग त्यसबेला फोरेन्ट सिनामा र एन्थोनी ले टानिक जस्ता ट्यालेन्ट थिए। उनीहरुको विकल्प रोनाल्डो कति हुनसक्छन भन्नेबारेको छलफलले पनि समय घर्कियो’, उनले भनेका छन्।एजेन्सीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .