ad ad

खेल


राष्ट्रिय क्रिकेट टोलीलाई ५० लाख नगदसहित सम्मान गर्ने क्यानको निर्णय

राष्ट्रिय क्रिकेट टोलीलाई ५० लाख नगदसहित सम्मान गर्ने क्यानको निर्णय

नेपालखबर
कात्तिक २०, २०८० सोमबार १८:३३, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ५० लाख नगदसहित सम्मान गर्ने निर्णय गरेको छ।

आईसीसी टी–२० विश्वकप फाइनलमा एसिया क्षेत्र छनोटमा उत्कृष्ट खेल प्रदर्शन गर्दै सन् २०२४ मा वेष्ट इन्डिज र अमेरिकामा सञ्चालन हुने विश्वकपमा छनोट भएको टोलीलाई सो नगदसहित सम्मान गर्ने निर्णय भएको हो। 

सोमबार बसेको क्यानको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको सचिव पारस खड्काले जानकारी दिए। 

त्यस्तै, आगामी जनवरीमा सञ्चालन हुने यू–१९ एसिया कपमा छनोट भएको यू–१९ राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुलाई जनही ५० हजारका दरले नगद पुरस्कार उपलब्ध गराउने निर्णय पनि क्यानले गरेको छ।

आईसीसी टी–२० विश्वकप फाइनलमा एसिया क्षेत्र छनोट अन्तर्गतको फाइनल खेलमा ब्रिकी भएको टिकटबाट संकलित रकमको ५० प्रतिशत रकम जाजरकोट भूकम्प पीडितका लागि सहयोग उपलब्ध गराउने निर्णय भएको पनि सचिव खड्काले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .