ad ad

समाज


पर्साका तत्कालीन मालपोत अधिकृत मिश्रसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पर्साका तत्कालीन मालपोत अधिकृत मिश्रसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
कात्तिक २०, २०८० सोमबार १८:४०, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसमेत १० जनामाथि राजस्व चुहावट गरी भ्रष्टाचार गरेको दाबीसहित आज आरोपपत्र दायर गरेको छ।

जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम रजिष्ट्रेसन दस्तुर र पुँजीगत लाभकर नियमानुसार दाखिला नगरी हिनामिना गरेको आरोपमा अख्तियारले उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ।

आर्थिक वर्ष २०७१/७२ मा मालपोत कार्यालय, पर्साको रजिष्ट्रेशन फाँट ‘ग’ बाट जग्गा किनबेचको एकै रजिष्ट्रेशन नम्बर राखी लिखत पारित गरी उठाएको राजस्व दाखिला नगरी हिनामिना गरेको अख्तियारको ठहर छ।

भ्रष्टाचारजन्य कसुरमा उनीहरुलाई सजाय हुन माग दाबी लिई विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।
अख्तियारका अनुसार तत्कालीन मालपोत अधिकृत मिश्रविरुद्ध दुई करोड नौ लाख ३१ हजार ६४७ रुपैयाँ बिगो कायम गरिएको छ।

यस्तै, तत्कालीन मालपोत अधिकृत भुप बहादुर बोगटी, तत्कालीन मालपोत अधिकृत गोपालबहादुर ढुंगाना, तत्कालीन मालपोत अधिकृत पदम प्रसाद अर्याल, तत्कालीन मालपोत अधिकृत चन्द्रबहादुर भण्डारी, तत्कालीन कम्प्यूटर अधिकृत कमोद तिवारी र तत्कालीन नायव सुब्बा किरण प्रसाद उपाध्यायमाथि आरोप पत्र दायर गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .