ad ad

खेल


फ्रेन्च लिग १ : पीएसजीको सहज जित, एमबाप्पे घाइते

फ्रेन्च लिग १ : पीएसजीको सहज जित, एमबाप्पे घाइते

नेपालखबर
असोज ८, २०८० सोमबार ६:४२, काठमाडौँ

फ्रान्सेली लिग १ मा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले मार्सेलीमाथि सहज जित निकालेको छ। 

आइतबार राति भएको खेलमा पीएसजीले मार्सेलीमाथि ४–० को फराकिलो जित हात पारेको हो।

पीएसजीले सानदार जित निकालेको खेलमा फ्रान्सेली फरवार्ड केलियन एमबाप्पे भने घाइते भएका छन्। 

खेलको ३२ औं मिनेटमा चोट बोक्न पुगेका थिए। सायद उनले अक्टोबर ४ मा च्याम्पियन्स लिगमा न्यु क्यासलविरुद्ध हुने खेल गुमाउनेछन्। 

पीएसजीको जितमा गोन्कालो रामोसले दुई तथा अच्राफ हाकिमी र रान्डल कोलो मुआनीले एक एक गोल आफ्नो नाममा गरे। 

खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको पीएसजीले दोस्रो हाफमा २ गोल थप्यो।
 
खेलको आठौं मिनेटमा हाकिमीको गोलमा पएिसजीले सुरुवाती अग्रता बनाएको थियो। हाकिमीको फ्रिकीक प्रहार सिधा पोष्टमा लागेपछि पिएसजीले सुरुवाती अग्रता लिएको थियो। 

खेलको ३७ औं मिनेटमा मुनानीको गोलमा पीएसजीले अग्रता दोब्बर पार्‍याे। 

केलियन एमबाप्पेले चोट बोकेपछि उनको स्थानमा मैदान छिरेका रामोसले खेलको ४७ औं मिनेटमा डेम्बेलेको पासमा गोल गर्दै पिएसजीको अग्रता फराकिलो पारे। 

खेलको ८९ औं मिनेटमा मुनानीको पासमा रामोसले व्यक्तीगत दोस्रो गोल गर्दा टोलीका लागि चौथो गोल गरे। 

जितसँगै पिएसजीले ६ खेलबाट ११ अंक जोड्दै तेस्रो स्थानमा छ। चौथो स्थानको मोनाकोसँग समान ११ अंक भएपनि पिएसजी गोलअन्तरमा अघि छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .