काठमाडौँ उपत्यकामा आज (सोमबार) पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज काठमाडौँ उपत्यकामा मध्यमसम्म वर्षा हुने सम्भावना छ।
‘अहिले काठमाडौँ उपत्यकाको आकाशमा साधारणतया बादल लागेको छ’, उनले बिहान साढे ६ बजेतिर नेपालखबरसँग भने, ‘दिउँसो पानी पर्ने सम्भावना छ।’
मौसमविद् दाहालका अनुसार १२ बजेदेखिको समयलाई दिउँसो मान्ने गरिएको छ। यही आसपास वर्षा सुरु हुने सम्भावना छ।
वर्षा नहुँदासम्म भने काठमाडौँ उपत्यकामा बेलाबेला घाम पनि देखिन सक्ने उनले बताए।
देशभरको मौसम र वर्षाबारे भने मौसम महाशाखाले अहिले बिहान ८ बजे अद्यावधिक विस्तृत बुलेटिन जारी गर्नेछ।
315
Shares

प्रतिक्रिया