नेपाल प्रिमियर लिगको तेस्रो सिजनका लागि क्याटोगोरी सी को अक्सन सकिएको छ। क्याटोगोरी सी बाट २२ जना खेलाडी बिक्री भए।
यो क्याटोगोरीमा कुल १ सय २४ जना खेलाडीले नाम दर्ता गराएका थिए।
बलर गौतम केसी २ लाख रुपैयाँमा चितवन राइनोज पुगेका छन्। बलर कृष्ण पौडेल २ लाख रुपैयाँमा काठमाडौँ गोर्खाज पुगे। उनीहरूलाई क्लबले न्यूनतम रकममा खरिद गरेको हो।
अलराउण्डर प्रतिक श्रेष्ठ २ लाख रुपैयाँमा विराटनगर किंग्समा पुगेका छन्। नेपाल प्रिमियर लिगको अक्सनमा प्रतिक न्यूनतम रकममा विराटनगर पुगेका हुन्।
विशाल सुस्लिङ २ लाख रुपैयाँमा जनकपुर बोल्ट्स पुगेका छन्। जनकपुरले उनलाई न्यूनतम रकममा किनेको हो। बलर आशुतोष पाण्डे २ लाख रुपैयाँमा जनकपुर बोल्ट्स पुगे।
अलराउन्डर सोनु देवकोटालाई काठमाडौँ गोर्खाजले न्यूनतम २ लाख रुपैयाँमा खरिद गरेको छ। मौसम ढकाल ३ लाख रुपैयाँमा चितवन राइनोज पुगे।
ब्याटर रित गौतम ४ लाख २५ हजार रुपैयाँमा जनकपुर बोल्ट्स पुगेका छन्। बलर दयानन्द मण्डललाई २ लाख रुपैयाँमा काठमाडौँ गोर्खाजले खरिद गरेको छ। काठमाडौँले यसअघि ब्याटर प्रसिद्ध जैसीलाई न्यूनतम रकम २ लाख रुपैयाँमा खरिद गरेको थियो।
नेपाल प्रिमियर लिगको तेस्रो सिजनका लागि सूर्य तामाङ २ लाख रुपैयाँमा कर्णाली याक्समा पुगेका हुन्। सन्तोष कार्की ३ लाख रुपैयाँमा बिक्री हुँदै जनकपुर बोल्ट्समा पुगेका छन्। उनीमाथि अन्य टोलीले पनि बोली लगाएपछि ३ लाख रुपैयाँमा बिक्री भएका हुन्।
ब्याटर सुजन थपलिया ४ लाख २५ हजार रुपैयाँमा विराटनगर किंग्समा पुगेका छन्। क्याटोगोरी सी का सुजनमाथि अन्य टोलीले पनि बोली लगाएपनि सर्वाधिक बोली लगाउँदै विराटनगरले उनलाई खरिद गरेको हो। जारी अक्सनमा उनीमाथि सर्वाधिक रकममा बोली लागेको हो।
अशोक धामी न्यूनतम २ लाख रुपैयाँमा चितवन राइनोज पुगेका छन्। सुदीप अर्याललाई ३ लाख रुपैयाँमा पोखरा एभेन्जर्सले खरिद गरेको छ। अन्य टोलीले पनि सुदीपमाथि बोली लगाएका थिए।
त्यसअघि विवेक रानामगरलाई २ लाख ७५ हजार रुपैयाँमा पोखरा एभेन्जर्सले खरिद गरेको छ। उनीमाथि अन्य टोलीले पनि बोली लगाएका थिए। यस्तै, सन्नी विक पनि न्यूनतम रकम २ लाख रुपैयाँमा खरिद गरेको थियो। यसअघि सुदुरपश्चिम रोयल्सले सचिन भट्टलाई २ लाख रुपैयाँमा खरिद गरेको थियो।
सुदूरपश्चिमले अयुब चन्दलाई न्यूनतम २ लाख रुपैयाँमा खरिद गरेको छ।
अक्सनमा क्याटोगोरी सी बाट सचिन भट्ट सुदूरपश्चिम रोयल्स पुगेका छन्। सुदूरपश्चिमले उनलाई न्यूनतम रकम २ लाख रुपैयाँमा खरिद गरेको हो। उनीमाथि सुदूरपश्चिमले मात्र बोली लगाएको थियो। जारी अक्सनमा बिक्री हुने उनी पहिलो खेलाडी हुन्।
अरनिको यादवलाई २ लाख रुपैयाँमा लुम्बिनीले खरिद गरेको छ।
क्याटोगोरी सी को न्यूनतम रकम २ लाख रुपैयाँ तोकिएको थियो। ए क्याटोगोरीमा ५ जना बी मा २७ जना खेलाडी छन्।
क्याटोगोरी बी का विपिन शर्मा न्यूनतम रकम ५ लाख रुपैयाँमा कर्णाली याक्स पुगे।
Shares

प्रतिक्रिया