सिद्धार्थ बैक नेपाल प्रिमियर लिगमा क्याटोगोरी ए र बी का ८ खेलाडीमाथि सर्वाधिक बोली लागेपछि गोलाप्रथाबाट छनोट भएका छन्।
क्याटोगोरी ए का रुपेश सिंह गोलाप्रथाबाट विराटनगर किंग्समा पुगेका छन्। उनीमाथि पोखरा, चितवन, सुदुरपश्चिम र विराटनगरले १५ लाख रुपैयाँमा बोली लगाएका थिए।
क्याटोगोरी ए का आशिफ शेख गोलाप्रथाबाट लुम्बिनी लायन्स पुगेका छन्। उनी सर्वाधिक २० लाख रुपैयाँमा लुम्बिनी पुगेका हुन्। आशिफमाथि चितवनबाहेक सबै टोलीले बोली लगाएका थिए।
यस्तै क्याटोगोरी ए का अर्जुन घर्ति गोलाप्रथाबाट पोखरा एभेन्सर्ज पुगेका छन्। अर्जुनमाथि जनकपुर र पोखराले बोली लगाएका थिए। उनी गोलाप्रथाबाट सर्वाधिक १५ लाख रुपैयाँमा पोखरामा पुगेका हुन्।
क्याटोगोरी ए का तृतराज दास गोलाप्रथाबाट जनकपुर बोल्ट्स पुगेका छन्। तृतराजमाथि जनकपुर र लुम्बिनीले सर्वाधिक १५ लाख रुपैयाँमा बोली लगाएका थिए। उनी गोलाप्रथाबाट जनकपुर पुगे।
क्याटोगोरी ए का विवेक यादव चितवन राइनोज पुगेका छन्। विवेकमाथि चार टोलीले बोली लगाएपछि गोलाप्रथाबाट १५ लाख रुपैयाँमा चितवन पुगेका हुन्। विवेकमाथि विराटनगर, पोखरा, चितवन र जनकपुरले बोली लगाएका थिए।
क्याटोगोरी बी का दीपक बोहोरा सर्वाधिक १० लाख रुपैयाँमा सुदूरपश्चिम रोयल्समा पुगेका छन्। उनीमथि सुदूरपश्चिम र पोखराले बोली लगाएका थिए।
क्याटोगोरी बी कै आकाश त्रिपाठी ५ लाख रुपैयाँमा लुम्बिनी लायन्स पुगे। नरेन साउद ५ लाख रुपैयाँमा विराटनगर किंग्समा पुगे।
क्याटोगोरी बी का शुभ कंसाकार सर्वाधिक १० लाख रुपैयाँमा कर्णाली याक्समा पुगे। उनलाई लुम्बिनी, विराटनगर, कर्णालीले बोली लगाए पछि गोलाप्रथाबाट कर्णाली पुगेका हुन्।
क्याटोगोरी बी का किशोर महतो सर्वाधिक १० लाख रुपैयाँमा गोलाप्रथाबाट लुम्बिनी लायन्स पुगेका छन्। किशोरमाथि विराटनगर र लुम्बिनी लायन्सले बोली लगाएका थिए।
दुर्गेस गुप्ता न्यूनतम रकम ५ लाख रुपैयाँमा लुम्बिनी लायन्स पुगे। विपिन शर्मा न्यूनतम रकम ५ लाख रुपैयाँमा कर्णाली याक्स पुगे। अविशेक तिवारी र विशाल पटेललाई न्यूनतम रकम ५ लाख रुपैयाँमा जनकपुर बोल्ट्सले खरिद गर्यो। अनिल खरेल ५ लाख रुपैयाँमा सुदूरपश्चिम रोयल्समा पुगे।
क्याटोगोरी बी का साहिल पटेल, अमर सिंह राउटेला, रविन्द्रजंग शाही, खडक बहादुर बोहोरा, प्रकाश जैसी, सकिब हक, सुनिल धमाला, हिमांशु दत्ता, शंकर राना, मिलन बोहोरा, भुवन कार्की, दीपेन्द्र रावत, सोनु अन्सारी, दीपेश श्रेष्ठ, सुनाम गौतम, दीलसाद अली, नरेन भट्ट अनसोल्ड भए।
अक्सनबाट क्याटोगोरी सी बाट २२ जना खेलाडी बिक्री भए। यो क्याटोगोरीमा कुल १ सय २४ जना खेलाडीले नाम दर्ता गराएका थिए।
बलर गौतम केसी २ लाख रुपैयाँमा चितवन राइनोज पुगेका छन्। बलर कृष्ण पौडेल २ लाख रुपैयाँमा काठमाडौँ गोर्खाज पुगे। उनीहरूलाई क्लबले न्यूनतम रकममा खरिद गरेको हो।
अलराउण्डर प्रतिक श्रेष्ठ २ लाख रुपैयाँमा विराटनगर किंग्समा पुगेका छन्। नेपाल प्रिमियर लिगको अक्सनमा प्रतिक न्यूनतम रकममा विराटनगर पुगेका हुन्।
विशाल सुस्लिङ २ लाख रुपैयाँमा जनकपुर बोल्ट्स पुगेका छन्। जनकपुरले उनलाई न्यूनतम रकममा किनेको हो। बलर आशुतोष पाण्डे २ लाख रुपैयाँमा जनकपुर बोल्ट्स पुगे।
अलराउण्डर सोनु देवकोटालाई काठमाडौँ गोर्खाजले न्यूनतम २ लाख रुपैयाँमा खरिद गरेको छ। मौसम ढकाल ३ लाख रुपैयाँमा चितवन राइनोज पुगे।
ब्याटर रित गौतम ४ लाख २५ हजार रुपैयाँमा जनकपुर बोल्ट्स पुगेका छन्। बलर दयानन्द मण्डललाई २ लाख रुपैयाँमा काठमाडौँ गोर्खाजले खरिद गरेको छ। काठमाडौँले यसअघि ब्याटर प्रसिद्ध जैसीलाई न्यूनतम रकम २ लाख रुपैयाँमा खरिद गरेको थियो।
नेपाल प्रिमियर लिगको तेस्रो सिजनका लागि सूर्य तामाङ २ लाख रुपैयाँमा कर्णाली याक्समा पुगेका हुन्। सन्तोष कार्की ३ लाख रुपैयाँमा बिक्री हुँदै जनकपुर बोल्ट्समा पुगेका छन्। उनीमाथि अन्य टोलीले पनि बोली लगाएपछि ३ लाख रुपैयाँमा बिक्री भएका हुन्।
ब्याटर सुजन थपलिया ४ लाख २५ हजार रुपैयाँमा विराटनगर किंग्समा पुगेका छन्। क्याटोगोरी सी का सुजनमाथि अन्य टोलीले पनि बोली लगाएपनि सर्वाधिक बोली लगाउँदै विराटनगरले उनलाई खरिद गरेको हो। जारी अक्सनमा उनीमाथि सर्वाधिक रकममा बोली लागेको हो।
अशोक धामी न्यूनतम २ लाख रुपैयाँमा चितवन राइनोज पुगेका छन्। सुदीप अर्याललाई ३ लाख रुपैयाँमा पोखरा एभेन्जर्सले खरिद गरेको छ। अन्य टोलीले पनि सुदीपमाथि बोली लगाएका थिए। त्यसअघि विवेक रानामगरलाई २ लाख ७५ हजार रुपैयाँमा पोखरा एभेन्जर्सले खरिद गरेको छ। उनीमाथि अन्य टोलीले पनि बोली लगाएका थिए।
यस्तै सन्नी विक पनि न्यूनतम रकम २ लाख रुपैयाँमा खरिद गरेको थियो। यसअघि सुदूरपश्चिम रोयल्सले सचिन भट्टलाई २ लाख रुपैयाँमा खरिद गरेको थियो। सुदूपश्चिमले अयुब चन्दलाई न्यूनतम २ लाख रुपैयाँमा खरिद गरेको छ।
अक्सनमा क्याटोगोरी सी बाट सचिन भट्ट सुदूरपश्चिम रोयल्स पुगेका छन्। सुदूरपशि्चमले उनलाई न्यूनतम रकम २ लाख रुपैयाँमा खरिद गरेको हो। उनीमाथि सुदूरपश्चिमले मात्र बोली लगाएको थियो। जारी अक्सनमा बिक्री हुने उनी पहिलो खेलाडी हुन्।
अरनिको यादवलाई २ लाख रुपैयाँमा लुम्बिनीले खरिद गरेको छ।
क्याटोगोरी सी को न्यूनतम रकम २ लाख रुपैयाँ तोकिएको थियो। ए क्याटोगोरीमा ५ जना, बी मा २७ जना खेलाडी छन्।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको अक्सनमा विस लिष्टबाट चितवन राइनोजले सलाउदीन खान, जनकपुरले अमर सिहं राउटेला, लुम्बिनीले अजय चौहान, विराटनगरले दीलसाद अली, इमरान शेख, पोखराले प्रतिक पोखरेल, विपिन आचार्य, सुदूरपश्चिमले मिलन बोहोरा, टेक रावत, कर्णालीले सचिन शर्मा, दीपेन्द्र रावत र दीवान पुनलाई लिएका छन्।
काठमाडौँले साहिल पटेल, देव शाह र सूर्याशु कोइरालालाई लिएको छ। अक्सनमा नबिकेका खेलाडीबाट न्यूनतम रकममा विसलिष्टबाट खेलाडी लिँदै टोली पूरा गरेको हुन्।
योसँगै एनपीएलमा सहभागी आठ टोलीले आफ्नो खेलाडी कोटा पूरा गरेका हुन्।
Shares

प्रतिक्रिया