नेपाल प्रिमियर लिग (एनपीएल) को क्याटोगोरी ‘सी’ बाट अहिलेसम्म १७ खेलाडी अनुबन्ध भएका छन्।
एनपीएलको तीनै क्याटोगोरीका १२४ मध्ये ७६ खेलाडीमाथि बाजी लागेको छ। काठमाडौँमा जारी अक्सनबाट अहिलेसम्म १७ खेलाडीलाई क्लबले अनुबन्ध गरेका हुन्।
अहिलेसम्म ब्याटर रित गौतम चार लाख २५ हजार रुपैयाँमा जनकपुर बोल्ट्समा पुगेका छन्। बलर दयानन्द मण्डललाई दुई लाख रुपैयाँमा काठमाडौँ गोर्खाजले अनुबन्ध गरेको छ।
त्यस्तै, काठमाडौँले यसअघि ब्याटर प्रसिद्ध जैसीलाई न्युनतम रकम दुई लाख रुपैयाँमा खरिद गरेको थियो। मौसम ढकाल तीन लाख रुपैयाँमा चितवन राइनोजमा पुगेका छन्।
अलराउन्डर दीपेश कडेल अनसोल्ड भएका छन्। अलराउन्डर सोनु देवकोटालाई काठमाडौँ गोर्खाजले न्युनतम दुई लाख रुपैयाँमा खरिद गरेको छ। मौसम ढकाल तीन लाख रुपैयाँमा चितवन राइनोज पुगेका छन्।
Shares

प्रतिक्रिया