ad ad

खेल


हाङझाउ एसियाड : महिला फुटबलमा नेपाल जापान भिड्दै

हाङझाउ एसियाड : महिला फुटबलमा नेपाल जापान भिड्दै

नेपालखबर
असोज ८, २०८० सोमबार ६:४९, काठमाडौँ

१९ औं एसियन गेम्स अन्तर्गत महिला फुटबलमा आज (सोमबार) नेपाल र जापान भिड्दै छन्। 

वानझाउ ओलम्पिक स्पोर्टस् सेन्टर स्टेडियममा हुने खेल साँझ सवा ५ बजे सुरु हुनेछ। महिला फुटबलमा नेपाल र जापान पहिलो पटक भिड्न लागेका हुन्। 

समूह चरणको आफ्नो पहिलो खेलमा नेपाल भियतनामसँग २–० गोल अन्तरले पराजित भएको थियो। पहिलो हाफमा भियतनामलाई गोलरहित बराबरीमा रोकेको नेपालले दुवै गोल दोस्रो हाफमा खाएको थियो। 

भियतनामसँगको खेलमा घुँडामा चोट बोकेकी मिडफिल्डर सरु लिम्बुले एसियाडका बाँकी खेल गुमाएकी छिन्। उनको चीनमा नै सफल शल्यक्रिया गरिएको छ। 

यता फिफा महिला विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेको जापानले आफ्नो पहिलो खेलमा बंगलादेशलाई ८–० को फराकिलो अन्तरले हराएको थियो। 

यही समूहको अर्को खेलमा आजै भियतनाम र बंगलादेश भिड्दैछन्। 

समूह डी मा रहेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ। समान ३ कं भएपनि गोल अन्तरमा जापान शीर्ष र भियतानमा दोस्रो स्थानमा छ। बंगलादेश पुछारमा छ। 

समूह चरणको अन्तिम खेलमा नेपाल र बंगलादेश २८ सेप्टेम्बरमा भिड्ने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .