नेपाल प्रिमियर लिगमा क्याटोगोरी ए का तृतराज दास गोलाप्रथाबाट जनकपुर बोल्ट्स पुगेका छन्। तृतराजमाथि जनकपुर र लुम्बिनीले सर्वाधिक १५ लाख रुपैयाँमा बोली लगाएका थिए। उनी गोलाप्रथाबाट जनकपुर पुगे।
क्याटोगोरी ए का विवेक यादव चितवन राइनोज पुगेका छन्। विवेकमाथि चार टोलीले बोली लगाएपछि गोलाप्रथाबाट १५ लाख रुपैयाँमा चितवन पुगेका हुन्। विवेकमाथि विराटनगर, पोखरा, चितवन र जनकपुरले बोली लगाएका थिए।
क्याटोगोरी बी का शुभ कंसाकार सर्वाधिक १० लाख रुपैयाँमा कर्णाली याक्समा पुगे। उनलाई लुम्बिनी, विराटनगर, कर्णालीले बोली लगाए पछि गोलाप्रथाबाट कर्णाली पुगेका हुन्।
दुर्गेस गुप्ता न्यूनतम रकम ५ लाख रुपैयाँमा लुम्बिनी लायन्स पुगे। विपिन शर्मा न्यूनतम रकम ५ लाख रुपैयाँमा कर्णाली याक्स पुगे। अविशेक तिवारी र विशाल पटेललाई न्यूनतम रकम ५ लाख रुपैयाँमा जनकपुर बोल्ट्सले खरिद गर्यो। अनिल खरेल ५ लाख रुपैयाँमा सुदूरपश्चिम रोयल्समा पुगे।
क्याटोगोरी ए का अर्जुन घर्ति गोलाप्रथाबाट पोखरा एभेन्सर्ज पुगेका छन्। अर्जुनमाथि जनकपुर र पोखराले बोली लगाएका थिए। उनी गोलाप्रथाबाट सर्वाधिक १५ लाख रुपैयाँमा पोखरामा पुगेका हुन्।
नेपाल प्रिमियर लिगमा क्याटोगोरी ए का आशिफ शेख गोलाप्रथाबाट लुम्बिनी लायन्स पुगेका छन्। उनी सर्वाधिक २० लाख रुपैयाँमा लुम्बिनी पुगेका हुन्। आशिफमाथि चितवनबाहेक सबै टोलीले बोली लगाएका थिए।
क्याटोगोरी ए का रुपेश सिंह गोलाप्रथाबाट विराटनगर किंग्समा पुगेका छन्। उनीमाथि पोखरा, चितवन, सुदूरपश्चिम र विराटनगरले १५ लाख रुपैयाँमा बोली लगाएका थिए।
क्याटोगोरी बी का दीपक बोहोरा सर्वाधिक १० लाख रुपैयाँमा सुदूरपश्चिम रोयल्समा पुगेका छन्। उनीमथि सुदूरपश्चिम र पोखराले बोली लगाएका थिए।
Shares

प्रतिक्रिया