खेल


वुल्भ्सलाई जिते पनि लिभरपुललाई झट्का

वुल्भ्सलाई जिते पनि लिभरपुललाई झट्का

नेपालखबर
माघ १०, २०७६ शुक्रबार १:५६,

वुल्भ्सविरुद्ध लिभरपुललाई झट्का प्रिमियर लिगमा वुल्भ्सविरुद्ध २-१ को जित हात पारे पनि लिभरपुलले मुख्य खेलाडी साडियो मानेलाई भने गुमाएको छ।

यस सिजनमा क्लबका लागि १५ गोल गरिसकेका माने ह्यामस्ट्रङको इञ्जुरीका कारण बिहीबार राति भएको खेलको पहिलो हाफमा मैदानबाट बाहिरिएका थिए। उनको स्थानमा टाकिमो मिनामिनोले लिगमा डेब्यू गरे। रोबर्टो फर्मिनोले अन्तिम समयमा निर्णायक गोल गरेपछि लिभरपुलले वुल्भ्सलाई २-१ ले पराजित गर्दै दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा १६ अंकको अग्रता दिलाएका थिए।

खेलपछि प्रशिक्षक योर्गन क्लोपले मानेको ह्यामस्ट्रिङमा समस्या देखिएको र उपचारपछि विस्तृत विवरण आउने बताए। तर लिभरपुलका लागि अबका ९ दिनमा ३ खेल खेल्नुपर्ने भएकाले मानेको इञ्जुरी चिन्ताजनक बनेको छ। लिभरपुलले एफए कपमा आइतबार श्रेसबुरीसँग खेल्दैछ भने लगत्तै लिगमा वेष्ट हम र साउथहप्टनविरुद्ध खेल्दैछ। मानेबिना यी खेलहरु आफ्नालागि गाह्रो हुने प्रशिक्षक क्लोपले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad