छापा खबर


ट्रम्पले गरे गर्भवती महिलालाई अमेरिका प्रवेशमा कडाइ

ट्रम्पले गरे गर्भवती महिलालाई अमेरिका प्रवेशमा कडाइ

नेपालखबर
माघ १०, २०७६ शुक्रबार १:५१,

संयुक्त राज्य अमेरिका प्रवेश गर्न चाहने गर्भवती महिलालाई अप्ठेरो हुने गरी ट्रम्प प्रशासनले बिहीबार नयाँ भिसा नियम सार्वजनिक गरेको छ।

बच्चा जन्माउनका लागि मात्रै अमेरिका आउन लागेको भन्ने कन्सुलर अधिकृतहरुलाई लाग्यो भने आवेदकका पर्यटक भिसा अस्वीकृत गरिने संघीय रजिस्टरले जारी गरेको नयाँ नियममा भनिएको छ।

‘बच्चा जन्माउनभन्दा पनि मेडिकल आवश्यकताले मात्र अमेरिका जान लागेको भन्ने आवेदकका भनाइलाई चिर्न अत्यन्तै अप्ठेरो हुने गरेको थियो।

मेडिकल आवश्यकताले अमेरिका जान आवेदन दिनेलाई अन्य विदेशीलाई झैं उनीहरुले त्यसका लागि पैसा खर्च गर्न सक्छन् वा सक्दैनन् भनेर हेरिनेछ। यो खबर आजको कान्तिपुरले छापेको छ।

‘त्यसमा उनीहरुको यातायात र अमेरिका बस्दाको खर्च गर्न सक्ने क्षमतालाई पनि हेरिनेछ,’ संघीय रजिस्टरले जनाएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘जन्म पर्यटन’ प्रतिबन्ध गर्ने उद्देश्यलाई साकार बनाउने उद्देश्यसहित नयाँ भिसा नियम आएको हो । बच्चा जन्माउनकै लागि गर्भवती महिला अमेरिका प्रवेश गर्ने र जन्मका आधारमा पासपोर्ट माग्ने गरेको भन्दै ट्रम्पले उनीहरुको भिसालाई कडाइ गर्ने यसअघि नै बताउँदै आएका थिए।

‘बर्थ टुरिजम’ अर्थात् ‘जन्म पर्यटन’ एजेन्सी सञ्चालकलाई किर्ते गरेको र कर छलेको आधारमा पक्राउ गरिएको केही घटना भए पनि अमेरिकामा बच्चा जन्माउन जानुलाई मौलिक रूपमा कानुनी अभ्यास मानिन्छ।

र, भिजाका लागि आवेदन दिँदा महिलाहरुले सत्य नै बोल्ने गरेका छन् । उनीहरुले कन्सुलरसमक्ष चिकित्सक र अस्पतालसाग गरिएका हस्ताक्षरयुक्त करार पनि देखाउने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad