खेल


डु प्लेसिस र आमलाको उत्कृष्ट इनिङसँगै दक्षिण अफ्रिकाको सानदान जित

डु प्लेसिस र आमलाको उत्कृष्ट इनिङसँगै दक्षिण अफ्रिकाको सानदान जित

नेपालखबर
असार १३, २०७६ शुक्रबार १६:५०,

फाफ डुप्लेसिस  र हसिम आमलाको उत्कृष्ट इनिङसँगै क्रिकेट विश्वकप २०१९ मा दक्षिण अफ्रिकाले श्रीलंकामाथि ९ विकेटको फराकिलो जित हात पारेको छ। 

शुक्रबार राति सम्पन्न खेलमा श्रीलंकाले दिएको २०४ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले ३७.२ ओभरमा १ विकेटमात्रै गुमाएर भेटायो। 

डुप्लेसिसले ९६ र आमलले ८० रनको नटआउट पारी खेले। त्यसअघि क्विन्टन डीककले १५ रन जोडेका थिए। 

टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ३ बल बाँकी रहँदा सबै विकेट गुमाएर २०३ रन बनाएको थियो। 

परेरा र फर्मान्डोले ३०-३० बाहेक अन्य कसैको प्रदर्शन सम्झन लायक रहेन्। 

योसँगै श्रीलंकाको सेमिफाइनलमा पुग्ने आशालाई दक्षिण अफ्रिकाले निराशामा बदलिदिएको छ।

जितले श्रीलंकालाई चौथो स्थानमा रहेको इंग्ल्याण्डको अंकसँग बराबरी गराउँन्थ्यो। तर, पराजित भएसँगै श्रीलंका सातौं स्थानमा यथावत छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad