ad ad

खेल


एसिया रग्बी यू–२० सेभेन्सको उद्घाटन खेलमा नेपालले पुरुषतर्फ भारत र महिलातर्फ हङकङसँग खेल्ने

एसिया रग्बी यू–२० सेभेन्सको उद्घाटन खेलमा नेपालले पुरुषतर्फ भारत र महिलातर्फ हङकङसँग खेल्ने

नेपालखबर
भदौ १, २०८० शुक्रबार १६:४९, काठमाडौँ

एसिया रग्बी यू–२० सेभेन्स महिला तथा पुरुष प्रतियोगिताको उद्घाटन खेलमा पुरुषतर्फ नेपाल र भारत भिड्नेछन्।

पहिलो दिनको दोस्रो खेलमा नेपालले मलेसिया तेस्रो खेलमा हङकङसँग खेल्नेछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल शनिबार बिहान १० बजेबाट सुरु हुनेछ। 

महिलातर्फ भने नेपाली टोलीले पहिलो खेलमा हङकङसँग खेल्नेछ। दोस्रो खेलमा मलेसिया र अन्तिम खेलमा थाइल्यान्डसँग खेल्ने तालिका छ। 

नेपाल रग्बी संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो। प्रतियोगितामा सहभागी हुन सबै टोली काठमाडौं आइसकेका छन्। 

एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा हुने प्रतियोगिता शनिबार र आइतबार हुनेछ। 

एसियन यू–२० रग्बी सेभेन्स प्रतियोगितामा पुरुषतर्फ आयोजक नेपालसहित भारत, थाइल्यान्ड, मलेसिया, चाइनिज ताइपेइ, हङकङ र उज्वेकिस्तान छन्। पुरुषतर्फ सहभागी टोलीलाई दुई समूहमा विभाजन गरि लिग कम नआउटका आधारमा खेलाइनेछ। 

महिलातर्फ नेपालसहित, थाइल्यान्ड, हङकङ र मलेसिया सहभागी छन्। महिलातर्फको खेल राउण्ड रोविनका आधारमा हुनेछ। 

प्रतियोगिताका लागि नेपाली टोलीले पोखरामा ५० प्रशिक्षण गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .