ad ad

समाज


स्वराज पोख्रेलद्वारा समाचारको खण्डन

स्वराज पोख्रेलद्वारा समाचारको खण्डन

नेपालखबर
भदौ १, २०८० शुक्रबार १६:५१, काठमाडौँ

नेपालखबरमा बिहीबार प्रकाशित एक समाचारको स्वराज पोखरेलले खण्डन गरेका छन्।

‘६० किलो सुन प्रकरणमा दावाको बयान : स्वराज र प्रतीकसँग व्यापारिक साझेदारी थियो’ शीर्षकको समाचार नेपालखबरले प्रकाशित गरेको थियो।

नेपालखबरले ६० किलो सुन तस्करी प्रकरणमा १० साउनमा पक्राउ परेका दावा छिरिङले राजस्व अनुसन्धान विभाग र सीआईबीले लिएको बयानका आधारमा सो रिपोर्ट प्रकाशित गरेको थियो। 

दावाले प्रारम्भिक बयानमा ‘एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका छोरा स्वराज पोखरेल र उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापासँग मिलेर विगतदेखि व्यवसाय गरिरहेको र आफूलाई अप्ठेरो पर्दा उनीहरुले नै सहयोग गर्ने गरेको’ बताएका थिए। 

तर, स्वराज पोख्रेलले सो समाचार झुटो भएको बताउँदै खण्डन प्रकाशित गरिदिन अनुरोध गरेका छन्।

‘मैले नाम पनि नसुनेको चिनियाँ नागरिकसँग मेरो चिनजान र साझवेदारी थियो भनेर जसरी समाचार विवरण प्रकाशित भएको छ, त्यो शतप्रतिशत झुट र अपराधपूर्ण छ,’ उनले नेपालखबरलाई पठाएको विज्ञप्तिमा भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .