ad ad

खेल


मैत्रीपूर्ण खेलमा बार्सिलोनाविरुद्ध आर्सनलको रवाफ, रियलसँग युनाइटेड पराजित

मैत्रीपूर्ण खेलमा बार्सिलोनाविरुद्ध आर्सनलको रवाफ, रियलसँग युनाइटेड पराजित

नेपालखबर
साउन ११, २०८० बिहिबार ११:४६, काठमाडौँ

नयाँ सिजनका लागि तयारीमा रहेका युरोपियन क्लबहरु यतिबेला प्री सिजन मैत्रीपूर्ण खेलमा व्यस्त छन्। 

बिहीबार युरोपका चार चर्चित क्लब एकआपसमा भिडे। जसमा रियल मड्रिडले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ।

मैत्रीपूर्ण खेलमा म्यान युको यो दोस्रो हार हो। मैत्रीपूर्ण भनिए पनि नयाँ सिजनका लागि यी खेलबाट क्लबहरुले आफ्नो परीक्षण गर्छन्।

युनाइेटडलाई हराउने क्रममा रियल मड्रिडका लागि यसै सिजन बोरुसिया डर्टमन्डबाट आएका जुड बेल्लिङ्घमले खेलको छैटौँ मिनेटमै गोल गरे।

त्यसपछि रियलले दोस्रो हाफमा पनि गोल थप्यो। खेलको ८९ औँ मिनेटमा रियलका जोसेलुले उत्कृष्ट ओभर हेड किकबाट गोल गर्दै जित दिलाए। 

उता आजै भएको मैत्रीपूर्ण भिडन्तमा स्पेनिस क्लब बार्सिलोनालाई इङ्लिस क्लब आर्सनलले ५-३ गोलले पराजित गरेको छ।

आर्सनलको जितमा लेनार्डो टोर्सार्डले २ गोल गर्न सफल भए। बार्सिलोनालाई हराउने क्रममा बुक्यायो साका, कई हाभेर्टज र फाबियो भियराले १ १ गोल गरे। 

उता पराजित बार्साका लागि रोबर्ट लेवान्डोस्की, राफिन्हा र फेर्रान टोरेसले व्यक्तिगत १/१ गोल गर्न सफल भए। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .