ad ad

समाज


त्रिविको परीक्षामा सबै भारतबारेको प्रश्न, परीक्षा नियन्त्रकविरुद्ध अख्तियारमा उजुरी

त्रिविको परीक्षामा सबै भारतबारेको प्रश्न, परीक्षा नियन्त्रकविरुद्ध अख्तियारमा उजुरी

नेपालखबर
साउन ११, २०८० बिहिबार १२:१८, काठमाडौँ

त्रिभुवन विश्वविद्यालयको स्नातकतर्फको परीक्षामा सबै प्रश्न भारतबारेमा गरिएपछि परीक्षा नियन्त्रक पुष्पराज जोशी विवादमा परेका छन्।

यही साउन ८ गते सञ्चालन भएको भएको त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ स्नातक तह बीएमा इतिहासको ऐच्छिकतर्फ हिस्ट्री ४१०, इलेक्टिभ २, इन्टरडक्सन टु टुरिजम डेभलपेमन्ट विषयमा सबै प्रश्न भारतबारे सोधिएपछि आलोचना भइरहेको छ।

यसैलाई लिएर परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।

उक्त जुरीमा एकपछि अर्को गैरकानुनी र अख्तियारविपरीतका कार्य गर्दै आएको बताउँदै उनलाई तत्काल निलम्बन गरी छानबिन थाल्न माग गरिएको छ।

त्रिभुवन विश्वविद्यालयकै विद्यार्थी केन्द्रमणि पौड्यालसहितले जोशीविरुद्ध अख्तियारमा उजुरी दर्ता गराएका हुन्।

जोशीमाथिका आरोप

  • मिति २०८० साल साउन ८ गते सञ्चालन भएको त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ स्नातक तह बीएको इतिहास विषयको ऐच्छिकतर्फ हिस्ट्री ४१०, इलेक्टिभ २, इन्टरडक्सन टु टुरिजम डेभलपेमन्ट विषयमा गैरजिम्मेवारीपूर्वक लापरवाहीका साथ पाठ्यक्रमभन्दा बाहिरबाट प्रश्न सोधिएको थियो।

  • न्यूनतम योग्यता नपुगेका शिक्षकहरुलाई विषय विज्ञमा नियुक्ति गरी परीक्षा सञ्चालनका लागि पर्यवेक्षकमा नियुक्ति गर्ने, परीक्षकमा नियुक्ति गर्ने, संपरीक्षकमा नियुक्ति गर्ने, प्रश्न पत्र निर्माण र मोडरेसनमा संलग्न गराउनेसमेतका कार्यहरु गराउँदै आएको।

  • एक कार्यकाल सकिएपछि पुनःनियुक्ति भएका परीक्षा नियन्त्रक पुष्पाराज जोशीले कानुनविपरीत मौखिक आदेशका भरमा गैरकानुनी कार्य गर्न आफूले भनेका नमान्ने विषय विज्ञ एवम् शिक्षकहरुलाई कालोसूचीमा राख्ने गरेको।

  • विभिन्न क्याम्पस तथा विद्यार्थीहरुसँग आर्थिक लाभमा परी घुस लिइ प्रश्नपत्र चुहावट गर्ने, परीक्षा केन्द्रहरु सेटिङमा तोक्ने कार्यहरु गर्दै आएको।

  • निर्धारित समयमा सञ्चालन गर्नुपर्ने परीक्षा ढिलाइ गर्ने तथा परीक्षाफल २० महिनासम्म पनि प्रकाशित नगर्ने गैरजिम्मेवारी कार्यमा संलग्न भएको।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .