खेल


दोस्रो बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगिता हुने

दोस्रो बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगिता हुने

नेपालखबर
जेठ २, २०८० मंगलबार २१:५८, काठमाडौँ

बागमती प्रदेशमा दोस्रो बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ। बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा दोस्रो प्रदेश खेलकुद प्रतियोगिता यही जेठ ७ गतेबाट सुरु हुन लागेको हो। 

मंगलबार सामाजिक विकास मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीका बारेमा जानकारी गराइएको थियो। 

प्रतियोगितामा १३ खेलमा २ सय १९ स्वर्ण पदकका लागि प्रदेशका १३ जिल्लाबाट २ हजार ५ सय २ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। 

मकवानपुर जिल्लामा ९ खेल खेलाइँदैछ भने एउटा खेल चितवन, एउटा ललितपुर र २ वटा काठमाडौंमा खेलाइने प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिए।

हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा जेठ ७ गते उद्घाटन हुने प्रतियोगिताअन्तर्गत हेटौँडा–६ स्थित गौरिटार रंगशालामा महिला फुटबल हुनेछ।

पिप्ले क्याम्पा रंगशालामा पुरुष फुटबल र एथ्लेटिक्स हुनेछ। 

हेटौंडा–४, हुप्रचौरमा महिला र पुरुष भलिबल, रग्वी, कराँते, तेक्वान्दो र आइटिएफ तेक्वान्दो, हेटौँडा–४ स्थित कभर्डहलमा बक्सिङ, हेटौंडा–११ स्थित कभर्डहलमा व्याड्मिन्टन, उसु र जुडो काठमाडौंमा, पौडी ललितपुरमा र क्रिकेट चितवनमा हुनेछ।

पहिलो संस्करणमा ८ वटा खेल खलाइएको प्रदेश खेलकुद प्रतियोगितामा यस पटक १३ वटा खेल खेलाइँदैछ। प्रतियोगिता आयोजनाका लागि ९ करोड ४२ लाख रुपैयाँ लागत अनुमान गरिएको छ।

प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीले क्रमशः ५ हजार, ४ हजार र ३ हजार रुपैयाँ प्राप्त गर्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .