ad ad

खेल


नापोलीले ३३ वर्षपछि जित्यो इटालियन सिरी 'ए' को उपाधि

नापोलीले ३३ वर्षपछि जित्यो इटालियन सिरी 'ए' को उपाधि

नेपालखबर
बैशाख २२, २०८० शुक्रबार ११:५९, काठमाडौँ

इटालियन सिरी ए फुटबल प्रतियोगिताको उपाधि नापोलीले ३३ वर्षपछि उचाल्न सफल भएको छ। 

गएराति भएको खेलमा उडिनेसेसँग १-१ गोलको बराबरी गरेपछि नापोलीले सिरी ए को उपाधि पक्का गरेको हो। 

नापोलीले यससँगै तेस्रो पटक सिरि ए उपाधि जित्न सफल भयो। यसअघि नापोलीले अर्जेन्टाइन विश्वविजेता डिएगो म्याराडोनाले खेलेका बेला सन् १९८९ र १९९० मा यो उपाधि उचालेको थियो।

तर नापोलीले उपाधि पक्का गरेको खेलमा अग्रता भने स्टाडियो फ्रियुली स्टेडियममा गएराति भएको खेलको १३औँ मिनेटमा सान्डी लोभरिकको गोलबाट घरेलु टोली उडिनेसेले अग्रता बनाएको थियो। 

तर नापोली दोस्रो हाफमा खेलमा फर्कियो। उसका लागि ५२ औँ मिनेटमा भिक्टर ओसिमहेनले गोल गरेपछि यो सिजनको सिरिए नापोलीले आफ्नो पोल्टामा पार्न सफल भयो। 

यससँगै इटालियन सिरी ए का पछिल्ला तीन सिजनमा अलग अलग टोली च्याम्पियन भएका छन्। यसअघि युभेन्ट्सले लगातार ९ सिजन सिरी ए को उपाधि उचालेको थियो। 

त्यसयताका तीन सिजन इन्टर मिलान, एसी मिलान र नापोली च्याम्पियन भएका छन्। 

यसअघि अर्जेन्टिनाले पनि म्याराडोनाकै प्रेरणामा दुई पटक विश्वकप जितेको थियो। उनी बितेको ३६ वर्षपछि अर्जेन्टिनाले लियोनेल मेस्सीको कप्तानीमा विश्वकप जितेको छ।

अर्जेन्टिनापछि नापोली म्याराडोनाको दोस्रो घर मानिन्छ। संयोगवश म्याराडोनाको निधनपछि अर्जेन्टिनाले विश्वकप चुमेलगत्तै नापोली पनि तेस्रो पटक इटालियन च्याम्पियन भएको छ। 

म्याराडोनाको देश अर्जेन्टिनाले तीन पटक विश्वकप जितेको छ। अर्कातिर नापोलीले पनि तेस्रो पटक नै इटालियन सिरी ए जितेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .