ad ad

कला


अनुपमको आरोप : सलमान-शाहरुखका यी फिल्मले नकारात्मक सन्देश फैलाए

अनुपमको आरोप : सलमान-शाहरुखका यी फिल्मले नकारात्मक सन्देश फैलाए

फाइल तस्बिर : शाहरुख र सलमानको बीचमा अनुपम


नेपालखबर
बैशाख २२, २०८० शुक्रबार १२:४, काठमाडौँ

शार्क ट्याङ्क इन्डियाका जज अनुपम मित्तलले बलिउडमा सलमान र शाहरुख खानका फिल्मले नकारात्मक सन्देश दिएको आरोप लगाएका छन्।

उनले सलमान खानको ‘तेरे नाम’ र शाहरुख खानको ‘दिलवाले दुल्हनिया’, ‘डर’ लगायतका फिल्मको अवधारणा नै गलत रुपमा प्रस्तुत गरिएको दाबी गरेका छन्। 

अनुपमले ‘तेरे नाम’मा केटालाई केटीको पछि लाग्ने, पागल बनाउने फिल्मबाट समाजले विषाक्तताबाहेक केही नपाएको बताए। अनुपमले बलिउड फिल्ममा विवाहलाई परम्पराका रूपमा नभई एउटा घटनाका रूपमा देखाइएको, जसले विवाहको वास्तविक मूल्यलाई नदेखाएको आरोपसमेत लगाए। 

अनुपम मित्तल हालै अनुपमा चोपडासँगको अन्तर्वार्तामा बलिउड फिल्म मेकिङ र रोमान्टिक फिल्महरूको अवधारणाबारे आफ्नो विचार प्रस्तुत गरेका हुन्।

उनले भनेका छन्, ‘म फिल्मको तारिफ गर्दिनँ। सुरज बडजात्या र करण जोहरका फिल्म हेर्नुहुन्छ, जसमा विवाह घटनाको नाममा मात्र सीमित रहन्छ। ती फिल्महरू हेरेपछि, विवाहसँग जोडिएको संस्कारमा होइन, विवाहमा हुने रमाइलोमा ध्यान केन्द्रित भएको महसुस हुन्छ। यस्तो देखिन्छ कि मानिसहरू विवाह गर्ने मन गर्दैनन्।’

अनुपमले अगाडि भनेका छन्, ‘हामी भोले मान्छे हौं, हामीलाई जे देखाइन्छ, त्यसमा विश्वास गर्छौं। सलमानको एउटा फिल्म ‘तेरे नाम’ थियो, जसमा उनी केटीका लागि पागल बन्छन् भने शाहरुखको अर्को फिल्म (डर) थियो। यी दुवै चलचित्रले सही सन्देश दिँदैनन्।’

मित्तल अगाडि भन्छन्, ‘नायक आफैंलाई प्रहार गर्दै, काट्दै, यताउता हाम फालेको देखाइएको छ। यो एक नकारात्मक व्यवहार हो। यस्ता फिल्म हेरेर हामी यी सबै कुराहरू सिक्छौं।’

यद्यपि अनुपमले अहिले बलिउडमा यथार्थपरक चलचित्र बन्न थालेको बताए। 

अनुपमले उक्त कुराकानीमा अमिताभ बच्चन र रामगोपाल वर्माका बारेमा पनि उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘म सानैदेखि बच्चन साहबको फिल्म हेरेर हुर्किएँ। मैले यो भन्नु पर्दैन तर कादर खान र शक्ति कपुर जोडीले पर्दामा रमाउन थालेपछि म बलिउडबाट मोहित भएँ। एकाएक धेरै फोहोर फिल्महरु आउन थाले। यो देखेर म हलिउड फिल्मतिर लागेँ।’

अनुपमले अगाडि भने, ‘२००० को दशकमा रामगोपाल वर्माका फिल्म आउन थालेपछि बलिउडमा मेरो चासो फेरि बढ्यो। रामुले केही उत्कृष्ट फिल्महरू बनाउन थाले। मैले उनको फिल्म आगलाई पनि प्रायोजित गरेँ। मैले यो फिल्म रामु र मिस्टर बच्चनसँग बसेर हेरेँ। यद्यपि यो फिल्म खास थिएन। त्यसबेला बच्चन साहबको अनुहारमा मैले कुनै भाव देखेको थिइनँ। यो एक रचनात्मक फिल्म थियो।’

अनुपम मित्तल Shaadi.com का संस्थापक र सीईओ पनि हुन्। उनले यो वेबसाइट सन् १९९७ मा सुरु गरेका थिए। उनको कूल सम्पत्ति लगभग १८५ करोड छ। उनले अमेरिकाको बोस्टन विश्वविद्यालयमा अध्ययन गरेका छन्। शार्क ट्याङ्क इन्डियामा न्यायाधीश बनेर उनी देशभर चिनिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .