ad ad

खेल


लियोनसँग घरेलु मैदानमा पीएसजीको हार

लियोनसँग घरेलु मैदानमा पीएसजीको हार

नेपालखबर
चैत २०, २०७९ सोमबार ७:०, काठमाडौँ

फ्रेन्च लिग १ मा पेरिस सेन्ट जर्मेन (पीएसजी) घरेलु मैदानमा नै लियोनसँग पराजित भएको छ। 

आइतबार राति भएको खेलमा पीएसजी लियोनसँग १–० गोल अन्तरले पराजित भयो। 

लियोनको जितमा फरवार्ड ब्राडली बारकोलाले निर्णायक गोल गरे। खेलको ५६औं मिनेटमा कुम्बेडीको पासमा बारकोलाले गोल गरे।

त्यसअघि पहिलो हाफको ३९औं मिनेटमा अलेक्जान्डर लाकाजेटले पेनाल्टी मिस गर्दा घरेलु टोलीविरुद्ध अग्रता बनाउने सन्दर मौका गुमायो। 

हारसँगै पीएसजीले लेन्स र मार्सेलीसँगको अंक दुरी बढाउने सुन्दर मौका गुमायो। २९ खेलबाट ६६ अंक भएको पीएसजी शीर्ष स्थानमा छ। लेन्स र मार्सेली समान ६० अंकमा दोस्रो र तेस्रो स्थानमा छन्। 

लेन्सले भने समान खेलबाट ४४ अंक बनाएर नवौं स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .