ad ad

खेल


एस्टन भिल्लासँग पराजित भएपछि चेल्सीका मुख्य प्रशिक्षक बर्खास्त

एस्टन भिल्लासँग पराजित भएपछि चेल्सीका मुख्य प्रशिक्षक बर्खास्त

नेपालखबर
चैत २०, २०७९ सोमबार ७:४, काठमाडौँ

एस्टन भिल्लासँग पराजित भएपछि चेल्सीले मुख्य प्रशिक्षक ग्राहम पोटरलाई बर्खास्त गरेको छ।

शनिबार राति घरेलु मैदानमा एस्टनभिल्लासँग २–० ले पराजित भएपछि चेल्सीले सात महिना पनि नपुग्दै मुख्य प्रशिक्षक पोटरलाई बर्खास्त गरेको हो।

गत सेप्टेम्बर ८ मा थोमस टुचेलको स्थानमा पोटरलाई नियुक्त गरिएको थियो। त्यसयताको ३१ खेलमा चेल्सीको यो ११औं हार हो। 

शीर्ष ४ मा रहनका लागि संर्घष गरिरहेको चेल्सी प्रिमियर लिगको ११ औँ स्थानमा छ।

चेल्सीले यो सिजन खेलाडीहरुका लागि ५५० मिलियनभन्दा बढी खर्च गरेको छ। पोटरलाई बर्खास्त गर्दा निरास भएके क्लबका मालिकहरुले बताएका छन्। 

पोटरको बर्खास्तीसँगै ब्रुनो साल्टरले अन्तरिम प्रशिक्षकको रुपमा टोलीको जिम्मा लिनेछन्। 

क्लबले एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘हामीलाई एक प्रशिक्षक र व्यक्तीको रुमा ग्राहमको लागि उच्च सम्मान छ। एनले जहिले पनि व्यवसायिकता र इमानदारीताका साथ व्यवहार गरेका छन्। हामी सबै यो नतिजाबाट निराश छौ।’

चेल्सीले मंगलबार प्रिमियर लिगमा लिभरपुल र १२ अप्रिलमा च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा रियल मड्रिडको सामना गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .