खेल


नेपाललाई लगातार सफलता, यूएईले गुमायो चौथो विकेट

नेपाललाई लगातार सफलता, यूएईले गुमायो चौथो विकेट

तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
चैत २, २०७९ बिहिबार ११:३०, काठमाडौँ

आईसीसी लिग २ अन्तरगत युएईविरुद्ध पहिले फिल्डिङ गरिरहेको नेपालले लगातार सफलता हात पारेको छ।

यूएईले २७ औं ओभरको पहिलो बलमा चौथो विकेट गुमाएको हो। आर्यन आफजाल खानलाई ३ रनमै दीपेन्द्रसिंह ऐरीले आउट गराएका हुन्।

खानलाई दीपेन्द्रको बलमा गुल्सन झाले क्याचआउट गरे। ऐरीकै बलमा २३ औं ओभरमा यूएईले तेस्रो विकेट गुमाएको थियो।

२३ औं ओभरको अन्तिम बलमा चुन्डाङ्गापोयील रिजवान रन आउट भएका थिए। ७ रन बनाएका रिजवानलाई आसिफले रनआउट गराए। 

यस्तै सन्दीप लामिछानेले असिम र ललित राजवंशीले आरयन लाक्रालाई आउट गरेका थिए। 

लिग २ अन्तर्गत आफ्नो अन्तिम यो खेल जिते नेपाल सिधै विश्वकप छनौटमा पुग्नेछ। यसअघि घरेलु मैदानमा तीन खेल नै नेपालले जितेको छ। पछिल्ला ११ खेलमा नेपालले १० खेलमा जित हात पारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .