आईसीसी लिग २ अन्तर्गत यूएईविरुद्ध जित्नै पर्ने खेलमा नेपाली टोलीको हौसला बढाउन पुगेका दर्शकले त्रिवि क्रिकेट मैदान भरिएको छ।
नेपाली टोलीको हौसला बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु पनि कीर्तिपुर पुगेका छन्।
यूएईविरुद्ध जित निकाले नेपाल सोझै विश्वकप छनोटमा पुग्ने भएकाले हौसलाका लागि पुगेका दर्शकहरुले स्टेडियमको घाँसे प्यारापिट भरिएको हो।
नेपाल क्रिकेट संघ क्यानले तोकेको शुल्क तिरेर काठमाडौंसहित देशक अन्य जिल्लाबाट पनि दर्शक आइपुगेका छन्।
अहिले कीर्तिपुरमा कयौँ सेलिब्रिटीदेखि सर्वसाधारणसम्म नेपाली टोलीको हौसला बढाउन राष्ट्रिय झन्डासहित पुगेर हुटिङ गरिरहेका छन्।
क्यानका अनुसार आजको खेल हेर्ने टिकट बुधबार नै सबै विक्रि भइसकेको थियो। टिकट विक्रीबाट आएको पैसा क्यानले खेलाडीकै लागि खर्चिनेन भएको छ।





















Shares

प्रतिक्रिया