ad ad

खेल


बर्लिनलाई पराजित गर्दै बार्यन शीर्ष स्थानमा

बर्लिनलाई पराजित गर्दै बार्यन शीर्ष स्थानमा

नेपालखबर
फागुन १५, २०७९ सोमबार ७:४८, काठमाडौँ

युनियन बर्लिनलाई पराजित गर्दै बार्यन म्युनिख बुन्डेस लिगाको शीर्ष स्थानमा फर्किएको छ। 

आइतबार राति भएको खेलमा बार्यनले बर्लिनलाई ३–० गोल अन्तरले पाखा लगाउँदै पुनः शीर्ष स्थानमा उक्लिएको हो। 

दोस्रो स्थानको बोरुसिया डर्टमुन्टसँग बराबरी अंक भएपनि बार्यन गोल अन्तरका आधारमा शीर्ष स्थानमा फर्किएको हो। बर्लिन ४३ अंकमा तेस्रो स्थानमा छ।

साडियो माने खुट्टाको चोटपछि पुनरागमन गरेको खेलमा बार्ननले जित निकालेको हो। चोटका कारण माने विश्वकपका टोलीबाट बाहिर थिए। 

खेलको ३१औँ मिनेटमा कोम्यानको पासमा फ्रान्सेली विंगर एरिक म्याक्सिम चौपो मोटिङ्कोको गोलमा टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। 

पहिलो हाफको ४०औँ मिनेटमा थोमस मुलरको पासमा कोम्यानले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। 

पहिलो हाफको इन्ज्युरी समयमा आइतबार मात्र २० वर्ष पुगेका बार्यनका सर्वाधिक गोलकर्ता जमाल मुसियालाले मुलरको पासमा गोल गर्दै टोलीलाई ३–० को अग्रता दिलाए। 

दोस्रो हाफमा दुवैतर्फबाट गोल हुन नसक्दा बार्यनले फराकिलो जित दर्ता गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .