ad ad

खेल


चेल्सीविरुद्ध टोटनहमको २ गोल

चेल्सीविरुद्ध टोटनहमको २ गोल

नेपालखबर
फागुन १५, २०७९ सोमबार ७:५१, काठमाडौँ

इंग्लिस प्रिमियर लिगमा चेल्सी टोटनहम हटस्परसँग स्तब्ध भएको छ।

गएराति भएको खेलमा टोटनहमले घरेलु मैदानमा चेल्सीलाई २–० गोल अन्तरले पाखा लगाएको हो। हारसँगै चेल्सीको शीर्ष ४ को सपना टाढिँदै गएको छ।

चेल्सी २४ खेलबाट ३१ अंक जोडेर दशौँ स्थानमा छ। 

टोटेनहमको जितमा ओलिभर स्किप र कप्तान ह्यारी केनले गोल गरे। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भयो। 

दोस्रो हाफको सुरुवातमा नै ओलिभर स्किपले गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए। 

८२औं मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै टोटनहमको अग्रता दोब्बर पारे। त्यसपछि खेलमा थप गोल हुन नसक्दा चेल्सी टोटनहमसँग पराजित भयो। 

जितसँगै २५ खेलबाट ४५ अंक जोडेको टोटनहम चौथो स्थानमा यथावत छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .