ad ad

खेल


केपी ओली कप : न्युरोडलाई ट्राइब्रेकरमा हराउँदै आर्मी सेमिफाइनलमा

केपी ओली कप : न्युरोडलाई ट्राइब्रेकरमा हराउँदै आर्मी सेमिफाइनलमा

नेपालखबर
फागुन १२, २०७९ शुक्रबार १३:५४, काठमाडौँ

न्युरोड टिम (एनआरटी) लाई ट्राइब्रेकरमा हराउँदै त्रिभुवन आर्मी क्लब केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेसको खेल मैदानमा भएको खेलमा आर्मीले एनआरटीलाई ट्राइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै अन्तिम ४ मा स्थान पक्का गरेको हो। 

निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको हो। 

एनआरटीका विदेशी खेलाडी स्टेफन जुनियरको प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले सहज बचाउ गरे। विकेश खेलको प्लेयर अफ दि म्याच हुँदै १५ हजार रुपैयाँ पाए।

आर्मीको जितमा जगजित श्रेष्ठ, टेकबहादुर बुढाथोकी, विकास खवास, दिनेश हेम्जन र कप्तान नवयुग श्रेष्ठले गोल गरे। 

एनआरटीका पुजन उपरकोटी, लालमिन्जामा, निकोलस र कप्तान विक्रम धिमालले गोल गर्न सफल भए। 

त्यसअघि खेलको ३२औँ मिनेटमा एनआरटीका लालमिन्जामाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। 

खेलको पहिलो हाफमा १–० ले पछि परेको आर्मीले दोस्रो हाफमा उपहार गोलमा बराबरी गर्ने मौका पाएको थियो। 

खेलको ५३औँ मिनेटमा एनआरटीका कप्तान विक्रम धिमालको आत्मघाती गोलमा आर्मीले बराबरी गरेको थियो। 

आर्मीले सेमिफाइनलमा अब सातदोबाटो युथ क्लबसँग खेल्नेछ। 

प्रतियोगिताको उपाधि विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन्। हरेक खेलको विजेताले २५ हजार रुपैयाँ पाउनेछ। सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ। 

विभागततर्फ उदीयमान खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले समान ५० हजार रुपैयाँ पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .