खेल


युरोपमा खेल्न सहज छैन: कप्तान रोहित

युरोपमा खेल्न सहज छैन: कप्तान रोहित

नेपालखबर
असार २१, २०८३ आइतबार १८:५८, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आइसिसी विश्वकप लिग–२ अन्तर्गत अवे कन्डिसनमा र युरोपमा खेल्न सहज नहुने बताएका छन्।

विश्वकप लिग–२ को श्रृंखलाअन्तर्गत नेपाली टोलीले नेदरल्यान्ड्समा घरेलु टोली र नामिबियासँग जुलाई २१ तारिखदेखि त्रिदेशीय श्रृंखला खेल्ने तालिका छ। लिग–२ को अंकतालिकाका नेदरल्यान्ड्स नेपालभन्दा माथिको टोली हो। समान २८ खेल खेलेको नामिबियासँग पनि नेपाल दुई अंकले मात्र अघि छ।

श्रृंखला खेल्न जानुअघि बिदाइ कार्यक्रममा नेपालका कप्तान रोहितले युरोप भ्रमणमा नतिजा निकाल्न सहज हुने उल्लेख गर्दै होम कन्डिसनभन्दा अवेमा खेल्ने गाह्रो हुने बताएका छन्। तर टिम कम्बिनेसन राम्रो भएकाले सुखद नतिजा ल्याउने उनको विश्वास छ। पछिल्ला दुई वटा सिरिजको नतिजापछि आफ्नो टोली राम्रो स्थानमा रहेको नेपालका कप्तान रोहित बताउँछन्।

त्यही लयमा खेले नेदरल्याण्ड्स भ्रमणमा राम्रो नतिजा आउने उनको आशा छ। कप्तान रोहितले नेदरल्याण्ड्स र नामिबियालाई हराउने मानसिकताका साथ खेल्ने विश्वास व्यक्त गरेका छन्। यद्यपि, दुई वटा अवे सिरिजमध्ये यो कठिन हुने उनी बताउँछन्।

आफूहरूले पनि त्यहीअनुसार तयारी पनि गरेको उनले उल्लेख गरे। नेदरल्याण्ड्समा जतिसक्दो बेस्ट दिने टोलीको लक्ष्य हुने कप्तान रोहित बताउँछन्। 

गत अप्रिल र मे महिनामा नेपालले घरेलु मैदानमा दुई वटा श्रृंखला खेलेको थियो। कुल दुई श्रृंखलाबाट आठ खेलमध्ये नेपाली टोलीले ६ वटा खेल जित्दै लिग–२ को शिर्ष तीन दौड जीवन्त राखेको हो। अब नेपाली टोली लिग–२ को साइकल (२०२३/०२७) अन्तर्गत अन्तिम दुई वटा श्रृंखला खेल्दै छ। तीमध्ये नेदरल्याण्ड्स भ्रमण कठिन हुने रोहितको भनाइ छ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली टोलीका मुख्य प्रशिक्षक स्टुआर्ट लको पासपोर्ट समयमा नै नवीकरण नहुँदा टोलीको तयारीमा उपस्थित हुन नसकेको बताए। 

नेपाल क्रिकेट संघ (क्यान) ले आईतवार एक कार्यक्रमका बीच नेपाली टोलीलाई बिदाइ गरेको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह र सचिव पारस खड्कालगायतले नेपाली टोलीलाई राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै बिदाइ गरेका थिए।

टोली मंगलबार जर्सी प्रस्थान गर्नेछ। त्यहाँ नेपालले जुलाई १३ र १५ मा ५० ओभरको दुई अभ्यास खेल खेल्नेछ। त्यसपछि टोली नेदरल्याण्ड प्रस्थान गर्ने तालिका छ। लिग–२ मा नेपाल २८ खेलबाट २४ अंकसहित पाँचौं स्थानमा छ। तेस्रो स्थानको नेदरल्याण्ड्स र ओमानले समान खेलबाट क्रमशः ३२ अंक र ३१ अंक जोडेका छन्।  

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली टोलीका मुख्य प्रशिक्षक स्टुआर्ट लको पासपोर्ट समयमा नै नवीकरण नहुँदा टोलीको तयारीमा उपस्थित हुन नसकेको बताए। सचिव खड्काले टोलीले अघिल्लो युरोप भ्रमणमा जस्तै उत्कृष्ट प्रदर्शन दोहोर्‍याउने विश्वास व्यक्त गरे। उनले पछिल्लो समय नेपाली टोलीले देखाएको आत्मविश्वास र प्रदर्शनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। 

नेपाल क्रिकेट संघ (क्यान) ले आईतवार एक कार्यक्रमका बीच नेपाली टोलीलाई बिदाइ गरेको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह र सचिव पारस खड्कालगायतले नेपाली टोलीलाई राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै बिदाइ गरेका थिए।

टोली मंगलबार जर्सी प्रस्थान गर्नेछ। त्यहाँ नेपालले जुलाई १३ र १५ मा ५० ओभरको दुई अभ्यास खेल खेल्नेछ। त्यसपछि टोली नेदरल्यान्ड प्रस्थान गर्ने तालिका छ। लिग–२ मा नेपाल २८ खेलबाट २४ अंकसहित पाँचौं स्थानमा छ। तेस्रो स्थानको नेदरल्यान्ड्स र ओमानले समान खेलबाट क्रमशः ३२ अंक र ३१ अंक जोडेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad