ad ad

कारोबार


सिभिललाई मर्जपछि अध्यक्ष श्रेष्ठले भने- हिमालयन बैंकले उच्चतम प्रतिफल दिनेछ

सिभिललाई मर्जपछि अध्यक्ष श्रेष्ठले भने- हिमालयन बैंकले उच्चतम प्रतिफल दिनेछ

नेपालखबर
फागुन १२, २०७९ शुक्रबार १४:०, काठमाडौँ

हिमालयन बैंक सञ्चालक समितिका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले सिभिल बैंकलाई मर्ज गरेपश्चात् बैंक ठूलो मात्र नभएर उच्चतम प्रतिफल दिने समेत बनेको बताएका छन्। 

हिमालयन बैंकले सिभिल बैंकलाई मर्ज गरी एकीकृत कारोबार कार्यक्रममा अध्यक्ष श्रेष्ठले सो कुरा बताएका हुन्। 

हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार आज फागुन १२ गते सुरु भएको छ।

उनले यसअघि कुनै बैंक तथा वित्तीय संस्थालाई मर्ज नगरी बैंक १४ अर्ब पुँजी पुर्याएको बताए । 

‘हिमालय बैंकले विगत ३० वर्षदेखि वित्तीय क्षेत्रमा सुरक्षित तथा भरपर्दा बैंकको रुपमा स्थापित बैंक हो,’ उनले भने, ‘अहिलेसम्म हिमालय बैंकले मर्ज तथा अक्विजिसन नगरी ६ करोड चुक्ता पुँजीबाट सुरु भएको बैकको पुँजी १४ अर्ब बढी पुगेको छ ।’

नेपाल सरकार र राष्ट्र बैंकको मर्जर प्रोत्साहन गर्न लिएको नीतिलाई यागदान पुर्याउन बैंकले सिभिल बैंकलाई प्राप्ती गरेको छ । 

 यी हुन् हिमालयन बैंकका सञ्चालक 
हिमालय बैंकको संचालकमा फैशल एन लाल्टिन, सुनिल बहादुर थापा, जितेन्द्र धिताल, आशिष शर्मा, विजय बहादुर श्रेष्ठ र राधाकृष्ण पोटे सञ्चालक रहेका छ्न्।

मर्जर पश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत ९सीईओ०मा हिमालयन बैंकका अशोक राणा रहेका छन  । सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् हिमालयन बैंकको कुल पुँजी ३४ अर्ब रुपैयाँ पुगेको छ । त्यसैगरी चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। 

बैंकमा कुल निक्षेप २ खर्ब ७४ अर्ब रुपैयाँ भएको छ भने कुल कर्जा २ खर्ब ५० अर्ब रुपैयाँ भएको हिमालयन बैंकले जनाएको छ। सिभिल प्राप्तिसँगै हिमालयन बैंकको कुल शाखा १८९ वटा भएको छ । मर्जपछि बनेको बैनको कर्मचारी १ हजार ९७० जना पुगेका छ्न्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .