कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको मंगलबारको पहिलो खेलमा जावलाखेल युथ क्लबले जित दर्ता गरेको छ।
सातदोबाटोस्थित एन्फा मैदानमा मंगलबार भएको पहिलो खेलमा जावलाखेलले च्यासल युथ क्लबलाई २-० गोल अन्तरले हराएको हो।
लिगमा च्यासलले लगातार दोस्रो हार भोगेको हो। जितसंगै जावलाखेल ८ अकमा तेस्रो स्थानमा उक्लिएको छ। यसअघि जावलाखेलले २ मा जित र २ मा बराबरी गरेको थियो।
जावलाखेलको जीतमा रुप बहादुर लामा र बिजय घलानले गोल गरे। खेलको ७९ औ मिनेटमा बिजय घलानको क्रसमा रानाले गोल गरेका थिए।
त्यसको २ मिनेटमा नै रुप बहादुर लामाको प्रहार गोल किपरले रिबाउन्ड गरेको गोलमा बिजय घलानले जाली चुमाए। पहिलो हाफमा पाएको केही अवसरको दुवै टाेलीले सदुपयोग गर्न सकेनन्।
खेलको ३४ औं मिनेटमा च्यासलका सुनिल बलको फ्रिकिक प्रहार अनमार्कमा रहेका छिरिङले सदुपयोग गर्न सकेनन्। ४१औ मिनेटमा पेनाल्टी बक्सभित्र पाएको बल सन्तोष साहुखलले सदुपयोग गर्न सकेनन्।
४४ औ मिनेटमा जावलाखेलका फोफे फोफानाले सिक्स याडभित्र सुजित बुढाथोकीलाई दिएको प्रहार बाहिरियो। ५१ औं मिनेटमा च्यासलका जापानी खेलाडी ताइजा नाकामुराले १८ यार्डबाट हानेको प्रहार पोस्टमाथिबाट बाहिरियो।
५८औ मिनेटमा जावलाखेलका रुप बहादुर लामाको पास सुजित बुढाथोकीको प्रहार विफल भयो। ७०औं मिनेटमा जावलाखेलका रुप बहादुर लामाको प्रहार किपरले उत्कृष्ट बचाउ गरे। ७२ च्यासलका कप्तान सन्तोषको प्रहार बारमा लागेर बाहिरियो।
खेलको म्यान अफ द म्याच जावलाखेलका रुपबहादुर लामा भए।

प्रतिक्रिया