खेल


नेमारभन्दा बढी एमबाप्पे रुचाए बार्सा समर्थकले

नेमारभन्दा बढी एमबाप्पे रुचाए बार्सा समर्थकले

नेपालखबर
पुस १५, २०७६ मंगलबार ८:१३,

सन् २०१७–२०१८ को सिजनमा नेमारले बार्सा छाड्ने निधो गरे जसले बार्सा समर्थकलाई ठूलो चोट पुर्यायो।

बार्सामा राम्रो वातावरण हुँदाहुँदै नेमार सर्वाधिक महँगो खेलाडी बन्दै पीएसजी पुगेका थिए।

तर यस सिजनको सुरुवातमा नेमारले सार्वजनिक रुपमै बार्सा फर्कने इच्छा व्यक्त गरे। बार्सा फर्कने हल्लाका बीच नेमार पीएसजीमै छन्।

यसबीचमा हालै नेमार बार्सा फर्कनु पर्छ या पर्दैन भन्ने विषयमा स्पेनिस खेल पत्रिका मुन्डो डिपोर्टिभोले जनमत गरायो।

जनमतमा बार्सिलोना फुटबल क्लबका ८० प्रतिशत समर्थकले नेमार बार्सा फर्कन नहुने पक्षमा मतदान गरेको जनाइएको छ।

यसअघि बार्साका समर्थकले नेमारले पैसाका लागि बार्सा छाडेका कारण उनलाई आफूहरुले कहिल्यै स्वीकार नगर्ने धारणा राखेका थिए।

यस्तै मुन्डो डिपोर्टिभोले बार्सा र एमबाप्पेमध्ये तपाइँहरु कसलाई बार्सामा खेलेको देख्न चाहनुहुन्छ भनेर अर्को जनमत गराएको थियो।

उक्त जनमतमा पनि बार्साका समर्थकले नेमारलाई त्यागेर एमबाप्पेलाई रोजेका छन्। एमबाप्पेको पक्षमा ८० प्रतिशत मत आएको जनाइएको छ। फोर्ब्स

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad